नहर मर्मतमा रणवाङबासीको श्रमदान

Gandaki Pardesh notice

म्याग्दी । बाढीले नहर बगाएपछि म्याग्दीको मंगला गाउँपालिका–२ रणवाङ र मालिका गाउँपालिका–६ दुखुमा सिचाईको समस्या भएको छ ।

म्याग्दी जिल्लामै राम्रो धान खेती हुने रणवाङ र दुखुको खेतमा यसपाली सिचाई अभावका कारण उत्पादन प्रभावित हुने कृषकको चिन्ता छ । गत असार २५, २६, साउन ५ र ६ गते दुखुखोलामा आएको बाढीले दुखुतर्फका २ र रणवाङ तर्फका २ वटा नहर बगाएको थियो ।

चार ठाउँमा ३६३ मिटर पक्कि नहर बाढीले बगाएको स्थानीय श्रीराम पौडेलले बताउनुभयो । नहरको बाँध भएको ठाउँमा कटान गरेर खोलाको सतह गहिरिइएको छ । रणवाङ क्षेत्रको ५५ हेक्टर खेतमा सिचाईको समस्या भएको पौडेलले बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पसाउने बेला भएको धान पानी नभएर मुसाले काटेर नष्ट गर्न थालेको छ । पसाउने बेलामा पानी नहुँदा दाना राम्रो नलाग्ने र उत्पादनमा असर पर्छ । अस्थाई पाइप जडान गरेर पानी आपुर्ति गराउन पहल गरेपनि पर्याप्त पानी ल्याउन सकेका छैनन् ।

स्थानीयबासीहरुले नहर मर्मत र पाइप जडान गर्न श्रमदान समेत गरेका छन् । रणवाङका ११६ घरधुरीले १०÷१० दिनका दरले श्रमदान गरेर नहरको बेस र पाइप राख्ने ठाउँ बनाएका छन् । दुखुखोलाको बाढीले बेनी–दरवाङ सडक अन्तरगतको मोटरेबल पुल र २१ घरधुरी रहेका सहश्रधाराको बस्तिलाई पनि जोखिम बनाएको छ ।

तत्कालै पाइप मार्फत पानी आपुर्ति गरि सिचाईको ब्यवस्था मिलाउने र पक्कि नहर बनाउन गाउँपालिका मार्फत खानेपानी, जलस्रोत तथा सिचाई डिभिजन कार्यालयमा पहल गरिएको वडा अध्यक्ष धनबहादुर खाती क्षेत्रीले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...