मंगला र मालिकामा फुटबल संघ

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला र मालिका गाउँपालिकामा मंगलबार पालिकास्तरीय फुटबल संघ गठन भएको छ ।

मंगलाको बावियाचौर र मालिकाको दरबाङ्कमा आयोजित भेलाले समिति गठन गरेको छ । मंगला गाउँपालिकामा प्रकाश सापकोटाको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको हो । समितिको उपाध्यक्षमा क्षितिज खड्का, सचिव निशान थापा, कोषाध्यक्ष सरिता बुढालाई चयन गरिएको छ ।

त्यसैगरी सदस्यहरुमा शिशिर केसी, प्रितिस जिसी, राजेश पौडेल, जोयल छन्त्याल, विक्कल ठकुरी, अभिषेक नेपाली, रुपेश रोका, निकिता ठकुरी, विकेक विक, धु्रब कार्की र मिलन भट्टचन रहेको जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

भेलामा गाउँपालिका उपाध्यक्ष पे्रमकुमारी अधिकारी, प्रमुख प्रशासकीय अधिकृत शिवकुमार पौडेल, वडा नं ४ का वडा अध्यक्ष लालबहादुर रोका, वडा नं ५ का अध्यक्ष भुपेन्द्रबहादुर केसी, कार्यपालिका सदस्य शंकर शेरचन, विष्णु केसी लगायतको उपस्थिती रहेको थियो ।

Bhautik ministry notice about road

भेलाका प्रमुख अतिथि मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले फुटबलप्रेमीलाई आवश्यक पर्ने खेलमैदान तथा खेल सञ्चालनका लागि आवश्यक प्रोत्साहन गर्ने बताउनुभयो । उनले जिल्लास्तरीय फुटबल प्रतियोगिता सञ्चालनका लागि आवश्यक पर्ने खेलमैदान बनाउने र उत्कृष्ट खेलाडीलाई जिल्ला बाहिर खेल्न हौसला प्रदान गरिने बताउनुभयो ।

म्याग्दीको ग्रामिण क्षेत्रमा फुटबल खेलमा संलग्न खेलाडीहरूलाई संगठित गर्ने उदेश्यले जिल्लाका सबै स्थानीय तहमा संघ गठनलाई तिब्रता दिइएको फुटबल संंघका अध्यक्ष बानियाँले जानकारी दिनुभयो ।

त्यस्तै मालिका गाउँपालिकामा प्रविन विश्वकर्माको अध्यक्षतामा १३ सदस्यीय मंगला फुटबल संघ गठन भएको छ । समितिको उपाध्यक्षमा लक्षिन पुन, सचिवमा म्यादिस गर्बुजा, कोषाध्यक्षमा कसक पुन, सह सचिवमा धिरज पुन, सह कोषाध्यक्षमा नरेश पुन चयन हुनुभएको छ । त्यस्तै सदस्यमा आशिका क्षेत्री, विपना विश्वकर्मा, टोप पुर्जा, कविन फगामी, दिवसन जुग्जाली, त्रिलोक बुढा र नगेन्द्र क्षेत्री चयन हुनुभएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...