शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल

Gandaki Pardesh notice

बेनी, । मानव अधिकार तथा शान्ति समाज म्याग्दीको सभापतिमा हरिप्रसाद पौडेल चयन हुनुभएको छ ।
समाजको मंगलबार बेनीमा भएको २१ औ साधारणसभाबाट २ वर्षे कार्यकालका लागि पौडेलको नेतृत्वमा कार्यसमिति चयन भएको हो ।
कार्यसमितिको उपसभापतिमा मुकुन्दप्रसाद आचार्य, सचिवमा बिष्णुप्रसाद आचार्य, सहसचिवमा सन्तोष शर्मा ढुंगाना र कोषाध्यक्षमा निरमाया मिजार चयन हुनुभएको छ । सदस्यहरुमा हरि गिरी, विनोद श्रेष्ठ, विज्ञान सुवेदी र दुर्गाराम सुवेदी रहनुभएको छ ।
समाजका निवर्तमान सभापति सन्तोष गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रमको जेष्ठ नागरिक समाजका उपाध्यक्ष नैनकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । समाजका केन्द्रिय सचिव चन्द्रमणी बञ्जरा, पुर्व उपसभापति राम्जीप्रसाद सुवेदीले शुुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...