टोड्केको सौन्दर्यकरण गर्न फुल खेती

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको सौन्दर्यकरण गर्न फुल खेती गरिएको छ ।

समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको टोड्केको खाली र बाँझो पाखोमा सयपत्री जातको फुल खेती गरिएको हो । टोड्केमा रिसोर्ट र होमस्टे सञ्चालन गरेको टोड्के हिल रिसोर्ट एण्ड होमस्टे प्रा.ली.का सञ्चालक भिम शेरचनले दश रोपनी पाखोबारीमा दश हजार फुलका बिरुवा रोपिएको जानकारी दिनुभयो ।

“म्याग्दीमा चाडपर्व, सभा, सभारोह र कार्यक्रममा माला बनाउन आवश्यक पर्ने फुलको आपुर्तिका साथै टोड्केको सौन्दर्यकरण गर्ने उद्देश्यले फुल खेती गरेका हौ,” उहाँले भन्नुभयो “फुल खेतीबाट बर्षौदेखि बाँझिएको जमिनको सदुपयोगका साथै आम्दानी पनि गर्ने लक्ष्य छ ।”

Shreekrishna hardwear in news

स्थानीयबासी र रिसोर्ट तथा होमस्टे सञ्चालकहरुले फुलखेतीमा करिब रु. चार लाख लगानी गरेका छन् । रिसोर्टका अध्यक्ष मिमबहादुर पाईजाले फुल खेती गर्न निशूल्क जग्गा उपलब्ध गराउनुभएको छ ।

Bhautik ministry notice about road

गुराँसको जंगलको बिचमा अवस्थित टोड्केबाट सुर्योदय, धवलागिरी, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्बत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ ।

केही बर्षअघिसम्म सुनसान रहने टोड्केमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ । सडक, पदमार्ग निर्माण, सुबिधासम्पन्न होमस्टे र रिसोर्ट सञ्चालन भएपछि पर्यटक बढेका छन् । एक सय जना क्षमताको रिसोर्ट तथा होमस्टे सञ्चालन भएको छ ।

बस्ती देखि टाढा रहेको टोड्केमा यसअघि आवास सुबिधाको समस्या थियो । धवलागिरी सेञ्चुरी पदमार्गको प्रवेश बिन्दुमा पर्ने टोड्केमा स्वर्गद्धारी आश्रमको शाखा र शिब मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ । शिव मन्दिरको पुननिर्माण र घेराबार गरिएको छ ।

पोखरा र आसपासका क्षेत्रमा सडक सञ्जाल बिस्तारसँगै पर्यटकको बसाई छोटिएको छ । पर्यटकको बसाई लम्बाउन काठमाडौ–पोखरा–टोड्के–ठाडाखानी–कुइने–चौरखानी–धौलागिरी आधार शिविर हुदै मुस्ताङको लेते जोड्ने पदमार्ग सञ्चालनको तयारी गरेको शेरचनले बताउनुभयो ।

मंगला, रघुगंगा गाउँपालिका र गण्डकी प्रदेश सरकारले टोड्के जोड्ने सडक स्तरोन्नति गर्न आयोजना सञ्चालन गरेका छन् । डिभिजन बन कार्यालयको सहयोगमा सिद्ध सामुदायिक बन उपभोक्ता समूहले टोड्केमा उद्यान निर्माण गरेका छन् । प्रदेश सरकारको सहयोगमा टोड्केको फेदीमा पर्ने झिँ गाउँमा सामुदायिक घरबास सञ्चालन भएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...