उपल्लो दुखुमा बिजुली बल्यो

Gandaki Kotihome

बेनी, ः म्याग्दीको मालिका गाउँपालिका–६ को उपल्लो दुखु गाउँमा पोल गाडेको चार वर्षपछि केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको छ ।

नेपाल बिद्युत प्राधिकरणले पर्वतको मिलनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने प्रशारण लाइन, ३३÷११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन र दुखु लगायत आसपासका तीन वटा वडामा बिद्युतीकरण गर्न २०७४ मा काम शुरु गरेको थियो । वि.स. २०७६ मा पोल गाडिएको थियो ।

सोही योजना अनुसार उपल्लो दुखुका ४१ र खुवाङका ८ घरमा गत केन्द्रिय प्रशारण लाइनको बिजुली बलेको उपल्लो दुखुका बासिन्दा ओमकार रोकाले जानकारी दिनुभयो । “पोल गाडेको चार वर्षपछि गत शनिबारदेखि केन्द्रिय लाइनको बिजुली बाल्ने सपना पुरा भएको छ,” उहाँले भन्नुभयो “गोल गाड्न र तार तान्न बाँकी रहेकाले दुखुका अझै ५० घरमा बिजुली बल्न बाँकी छ ।”

Upper Myagdi transmition line notice

बिजुली बलेपछि घरायसी काम गर्न, बालबालिकालाई पढ्न, उद्यम व्यवसाय सञ्चालन गर्न, इन्टरनेट, कम्प्युटर, ल्यापटप चलाउन, टिभी हेर्न, मोवाईल चार्ज गर्न, रेडियो सुन्न सहज भएको स्थानीयबासी ईश्वरी पुनले बताउनुभयो । दुखुका बासिन्दा रातको समयमा उज्यालोका लागि १४.५ किलोवाट क्षमताको दुखुखोला लघुजलविद्युत परियोजनाको विद्युत प्रयोग गर्दथे ।

Annapurna aarohan ko notice

नियमित र दिउँसो विद्युत आपुर्ति नहुँदाको समयका लागि विकल्पमा सौर्य उर्जा प्रयोग गर्दै आएका थिए । नियमित बिजुली आपुर्ति हुन थालेपछि जनजिवन सहज भएको पुनले बताउनुभयो । नेपाल विद्युत प्राधिकरणको बेनी वितरण केन्द्रले एशियाली विकास बैंकको परियोजना मार्फत संरचना तयार भएपछि विद्युत वितरण गरिएको जनाएको छ ।

केन्द्रका ईञ्जिनियर शिवप्रसाद शर्माले उपल्लो दुखुमा १०० केभी र खुवाङमा २५ केभीको ट्रान्सफर्मर जडान गरेर विद्युत आपुर्ति तथा वितरण हुने व्यवस्था मिलाएको बताउनुभयो । पोल गाड्ने, तार तान्ने, वायरिङ र ट्रान्सफर्मर जडान गर्ने काम सकिएपछि दुखुका बाँकी घरधुरीमा बिजुली बाल्ने योजना रहेको उहाँले बताउनुभयो ।

म्याग्दी बितरण केन्द्र अन्तरगत २२ हजार विद्युतका गा्रहाक छन् । गत आर्थिक वर्ष २०७९÷०८० मा एक हजार २३८ उपभोक्ता थपिएका थिए । म्याग्दीमा केन्द्रिय लाइनको विद्युत नपुगेका दुई हजार दुई सय घरधुरीमा विद्युतीकरण गर्ने उद्देश्यले हालै रु. बीस करोड भन्दा बढी बजेटको ठेक्का सम्झौता भएको छ ।

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित धवलागिरी गाउँपालिकाको गुर्जा बाहेक सबै बस्तिमा केन्द्रिय लाइनको विद्युत विस्तार गर्ने तयारी भएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...