बेनी नगरपालिका स्तरीय फुटबल संघको अध्यक्षमा देवेन्द्र चोखाल

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका स्तरीय फुटबल संघ गठन भएको छ । सोमबार बेनीमा भएको फुटबल खेलाडी र क्लवका प्रतिनिधीहरुको भेलाले देवेन्द्र चोखालको अध्यक्षतामा ११ सदस्यीय संघको नगर स्तरीय समिति गठन भएको हो । अध्यक्ष चोखाल बेनी नगरपालिका ४ सिंगाका हुनुहुन्छ ।

Bhautik ministry notice about road

संघको उपाध्यक्षमा अञ्जन पुनमगर, सचिवमा उपेन्द्र गिरी, कोषाध्यक्ष बिनम थजाली चयन हुनुभएको छ । सदस्यहरुमा अरुण पुन, सिन्दु शेरपुञ्जा, कमल घर्ति, अनिल रिजाल, सोनाम लामा, अभिसेक पुन र समिर हमाल चयन हुनुभएको जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाले जानकारी दिनुभयो ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, वडा नम्बर ७ का अध्यक्ष तथा कार्यपालिकाका प्रवत्ता रमेशकुमार श्रेष्ठ, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्माको उपस्थितिमा भेला सम्पन्न भएको थियो । मंगला र मालिका गाउँपालिकामा पनि फुटबल संघको पालिका स्तरीय समिति गठन गरिने अध्यक्ष बानियाले जानकारी दिनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...