मंगलाका २ जनामा कोरोना पुष्टि

Sinchai Khanipani notice

बेनी । कन्ट्याक ट्रसिङमा परेका म्याग्दीको मंगला गाउँपालिकाका दुई जनामा कोरोना (भाइरस)को संक्रमण पुष्टि भएको छ ।

मंगला गाउँपालिका–४ की २६ वर्षिया महिला र मंगला–५ का २४ वर्षका पुरुषमा शनिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । कार्यालयका निमित्त प्रमुख एकनारायण लम्सालका अनुसार जिल्ला बाहिर गई पिसिआर परिक्षण गराउदा पोजेटिभ रिपोर्ट आएकाहरुको नजिक सम्पर्क भएका उनिहरु लगायत ९ जनाको असोज २८ गते स्वाबको नमुना संकलन गरेर पठाइएको थियो ।

Bhautik ministry notice about road

सामान्य स्वास्थ्य अवस्था भएका उनिहरुलाई स्थानीय आइसोलेशनमा सार्ने तयारी भएको छ । बिदेश जानका लागि काठमाडौमा परिक्षण गराउदाँ कोरोना पुष्टि भएका मंगला–१ थाइवाङका पुरुषको सम्पर्कमा रहेका सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

Shreekrishna hardwear in news

भारतबाट आएर पोखरामा होटेल क्वारेन्टिन बसेका बेनी नगरपालिका–७ का ४४ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ । कोरोना पुष्टि भएपछि उहाँलाई पोखराकै आइसोलेशनमा लगिएको छ । परिवारका अनुसार असोज २४ गते भारतमा परिक्षण गराउँदा नेगेटिभ रिपोर्ट आएका उहाँले गत बुधबार पोखरामा स्वाब दिनुभएको थियो ।

म्याग्दीबाट हालसम्म एक हजार ७३२ वटा स्वाबको नमुना संकलन गरेर परिक्षणका लागि पठाइएकोमा एक हजार ७१२ वटाको नतिजा आएको छ । म्याग्दीमा कोरोना संक्रमितको संख्या ६९ जना रहेको छ । ५१ जनाले कोरोना जितेर घर गएका छन् ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...