अन्तराष्ट्रिय पर्वत समाजमा गुणराज

Gandaki Pardesh notice

बेनी, अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनबाट गुणराज शर्माको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

पर्वतको जलजला गाउँपालिकाको मल्लाजमा शनिवार सम्पन्न अधिवेशनले संस्थाको बरिष्ठ उपाध्यक्ष रहेका शर्मा सर्वसम्मत रुपमा आगामी २ वर्षे कार्यकालका लागि अध्यक्षमा चयन हुनुभएको हो ।

Bhautik ministry notice about road

जलजला ३ मल्लाज माझफाँटमा सम्पन्न समाजको चौथो अधिवेशनबाट अध्यक्ष लगायत सवै पदाधिकारीहरु सर्वसम्मत रुपमा चयन हुनुभएको हो । बरिष्ठ उपाध्यक्षमा दधी आचार्य, उपाध्यक्षहरुमा क्रमश बाबुराम शर्मा, शेषराज तिमिल्सिना, मणिप्रसाद भुर्तेल, सुभाष लामिछाने, महिला उपाध्यक्षमा संगिता कार्की कुँवर चयन हुनुभएको छ ।

Shreekrishna hardwear in news

महासचिवमा प्रकाश पौडेल चयन हुनुभएको छ । सचिवमा क्रमश कमल लामिछाने, रुद्रमणी लम्साल, सन्तोष पौडेल, नवीन पराजुली र रामकृष्ण रेग्मी रहनुभएको छ । कोषाध्यक्षमा तिलक सापकोटा, क्षेत्रीय संयोजकहरुमध्ये मध्य पुर्व संयोजकमा राम शर्मा, एसिया प्यासिफिक संयोजकमा मुक्ती रेग्मी र अमेरिका सम्योजकमा रबिन शर्मा चयन हुनुभएको छ ।

समाजको सदस्यहरुमा युवालाल सापकोटा, ओम प्रकाश न्यौपाने, रमेशराज जैसी, सेवक वि.क., विकास लामिछाने, नन्दलाल वि.क र विनोद जिसी चयन हुनुभएको छ । अधिवेशनको उद्घाटन शनिबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नुभएको थियो । अधिवेशन उद्घाटन पूर्व मल्लाजका स्थानीयहरुले बाजागाजा सहित झाँकी निकालेका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...