उद्योग व्यापार महासंघको शुभकामना आदान प्रदान

Shreekrishna hardware

बेनी ।नेपाल उद्योग व्यापार महासंघ, म्याग्दीको आयोजनामा शनिवार विजया दशमी तथा शुभदिपावली लगायतका चाडपर्वहरुको अवसरमा शूभकामना आदान प्रदान कार्यक्रम भएको छ ।
बेनी नगरपालिका–४ सिंगामा आयोजित कार्यक्रममा उद्योगी व्यवसायि, कर्मचारी, संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो । शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा म्याग्दी इन्चार्ज गुप्तबहादुर हमालले चाडपर्व र संस्कृतिमा विविधता नेपाली साँस्कृतिक सम्पतीको रुपमा रहेको बताउनुभयो ।

उहाँले चाडपर्वलाई आफ्नो मौलिकता नमासिने र विकृति नबढ्ने गरि मनाउन आबश्यक रहेको बताउँदै समाजका सचेत बर्गले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले चाडपर्वको समयमा समाजलाई सकरात्मक बाटोमा अघि बढाउन विभिन्न क्षेत्रबाट भूमिका खेल्नुपर्ने बताउनुभयो ।

Ban devision notice

चाडपर्वको समयमा बजारमा अस्वभाविक मुल्यबृद्धि हुने, शान्ति सुरक्षामा असर पु¥याउने गतिविधि हुनेतर्फ सबै सचेत बन्नुपर्ने बताउँदै उहाँले मौलिक परम्परा, संस्कृति र चाडपर्वहरुलाई मौलिकतामा रहेर मनाउन आग्रह गर्नुभयो ।

Shreekrishna

नेपाल उद्योग व्यापार महासंघका अध्यक्ष मोतिलाल पौडेलको अध्यक्षता, सचिब इश्वर खत्रीको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा एकिकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष होमनाथ पाण्डे, नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष अञ्जन खत्री, वाईसिएल म्याग्दीका संयोजक सन्दिप खत्री लगायतको शुभकामना मन्तव्य रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...