किसानी आधारभूतमा छात्र भलिबल

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मंगला गाउँपालिका–५ सिर्कुममा रहेको किसानी आधारभूत विद्यालयको जुनियर रेडक्रस सर्कलको आयोजनामा आधारभूत विद्यालय स्तरीय छात्र भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा आयोजक विद्यालयको दुई, डनिङ आवासीय, मंगला मावि, शिशूकल्याण मावि र विष्णु राष्ट्रिय आधारभूत विद्यालयको एक÷एक गरि छ वटा टिमको सहभागिता रहेको थियो ।

Bhautik ministry notice about road

शनिबार भएको फाइनलमा विष्णु राष्ट्रियलाई दुई का विरुद्ध तीन सेटले पराजित गर्दै किसानी आधारभूत विजयी भएको शिक्षक बिराज सापकोटाले बताउनुभयो । प्रतियोगिताको उद्घाटन वडा सदस्य दिलबहादुर थापाले बताउनुभयो ।

Shreekrishna hardwear in news

प्रतियोगिता सञ्चालनका लागि मंगला गाउँपालिका–५ पोकका चित्रराज आचार्यले रु. १८ हजार पाँच सय मूल्य बराबरको साउण्ड सिस्टम सहयोग गर्नुभएको थियो । मंगला–३ घर भई हाल अस्टे«लीयामा रहनुभएका भरत सापकोटाले स्वर्गीय आमा सरस्वती सापकोटाको नाममा रु. पाँच हजार मूल्य बराबरको बाद्यबाधनका सामग्री सहयोग गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...