रत्नेचौरको लामो पुल र परम वैदिक मन्दिर परिसरमा उज्यालो

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–१ रत्नेचौरको लामो पुल र परम वैदिक मन्दिर परिसरमा रातको समयमा उज्यालो बनाइएको छ ।

बेनी नगरपालिकाको वडा नम्बर १ को कार्यालयको पहलमा रत्नेचौर देखि बाग्लुङको कुडुले जोड्ने पुल र धार्मिक स्थल परम वैदिक मन्दिर परिसरमा तीन वटा सडक बत्ती जडान गरेर रातीको समयमा उज्यालो बनाउन थालिएको हो ।

Bhautik ministry notice about road

दुर्घटना, अपराध र वन्यजन्तुको आक्रमण घटाउन उज्यालो भएपछि सहयोग पुग्ने अपेक्षा गरिएको रत्नेचौरका बासिन्दा मन्नु रावलले बताउनुभयो । पुल आवत जावत गर्ने सर्वसाधारण, मन्दिरका भक्तजनका साथै सर्वसाधारणलाई सहज हुने र लागु पदार्थ दुव्र्यसनी लगायत अपराधजन्य गतिबिधि घट्ने अपेक्षा गरिएको छ ।

Shreekrishna hardwear in news

सो क्षेत्रमा चितुवा समेत देखिन थालेपछि स्थानीयबासीले बत्ति जडान गर्न माग गरेका थिए । तत्काललाई वत्तिको विद्युत महशुल वडा कार्यालयबाट तिर्ने र दिर्घकालिन स्रोतको खोजी भइरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...