दधिवल खड्काको अध्यक्षतामा मोनाको नयाँ कार्यसमिति चयन

Gandaki Pardesh notice

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को बेनीमा शनिबार सम्पन्न पाँचौ महाधिवेशनबाट दधिवल खड्काको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

Bhautik ministry notice about road


अध्यक्षमा दावी गर्नुभएका मिम पुर्जा पछि हटेपछि निवर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष खड्का अध्यक्षमा चयन हुनुुभएको हो । अन्नपूर्ण गाउँपालिका ६ घार पुख्र्यौली थलो भएका खड्का जापानमा होटल व्यवसाय गर्नुहुन्छ ।
निर्वाचन समितिका अनुसार मोनाको उपाध्यक्षहरुमा पोर्तुगलका सुर्जे भट्टचन, यूएईका ई. नन्द गर्बुजा, अस्ट्रेलियाका हरि राम्जाली, जापानका दिपक कार्की, बेलायतका किसान जि.सी., महिला उपाध्यक्षमा जापानका बिष्णु बानिया चयन हुनुभएको छ ।
दक्षिण कोरियाका सुनेश के.सी. महासचिव, अस्ट्रेलीयाका हिक्मत श्रेष्ठ र अमेरिकाका निलमकुमार थापा सचिवमा निर्वाचित हुनुभएको छ । महिला सचिवमा जापानका संगिता थापा, कोषाध्यक्षमा कतारका नरेन्द्र फगामी, सहकोषाध्यक्षमा अमेरिकाका प्रेम छन्त्याल रहनुभएको छ ।
युवा संयोजकमा जापानका सचिन श्रेष्ठ, महिला संयोजकमा हङकङका पूर्णिमा पाईजा, महिला उपसंयोजकमा बेल्जियमका नैना पुन तिलिजा युरोप क्षेत्रीय संयोजकमा दिपु फगामी चयन हुनुभएको छ ।
शुक्रबारदेखि बेनीमा शुरु भएको महाधिवेशनमा २८ वटा देशमा गठन भएको मोनाको राष्ट्रिय कार्यसमितिका प्रतिनिधिहरु सहभागि थिए । मोना रोजगारी, पेशा र व्यवसायको शिलशिलामा विश्वका विभिन्न देशमा पुगेका म्याग्देलीहरुको साझा संस्था हो ।
मोनाले विदेशमा अप्ठ्यारोमा परेका म्याग्देलीहरुलाई उद्दार, सहयोग, जिल्लाको शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन जस्ता सामाजिक कार्यमा सहयोग तथा विभिन्न परियोजनामा लगानी भित्र्याउन सहजिकरण गरेको छ ।
नवनिर्वाचित अध्यक्ष खड्काले विदेशमा आर्जेको सिप, पुजि र प्रविधि भित्र्याएर स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न पहल गर्ने बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...