कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) प्रर्दशन

Gandaki Pardesh notice

ठिनी, । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ हुुसरकाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा शुुक्रबार ऐतिहाँसिक लामा नाच (धेक्याप) प्रर्दशन गरिएको छ ।

मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । कुछप तेरङ्गा गुुम्बामा लामा नाच प्रर्दशनीका लागि असोज २३ गते मंगलबारदेखि पुुजाआजा शुुरु भएको थियो ।

लामाहरुले उवाको पिठो, घ्युु लगायत सामग्रीको प्रयोग गरेर बनाएको पुुजा सामग्रीलाई धार्मिक बिधि अनुुसार गुम्बामा भित्र्याएर शुुरु भएको नाचको बिधी ति सामग्रीहरु सेलाएपछि सकिएको हो ।

Shreekrishna hardwear in news

वौद्ध धर्मगुुरु पद्यसम्भको पाला आठौ शताब्दीदेखि लामा नाच देखाउने चलन रहेको छ । नाच अघि विश्व शान्तिको कामना गर्दै पुजा गरिएको थियो । देवताका विभिन्न रुपलाई लामा नाचमा प्रस्तुुत गरिएको कुुछप तेरङ्गा गुुम्बाका लामा सुवास थकालीले बताउनुुभयो ।

“लामा नाच अवलोकन गरेमा पुुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जिवनमा सफलता मिल्छ,” उहाँले भन्नुुभयो “तेह् सय वर्षदेखिको लामा नाचलाई हामिले लोप हुुन नदिएर बचाएर राखेका छौ ।” वौद्ध धर्मगुुरु पद्यसम्भको जिवनसँग सम्बन्धित सन्देशमुुलक १३ प्रकारका नाच प्रर्दशन गरिएको थियो ।

हसन, टोपी बज्राचार्य, हयग्रीब, गुुरु पद्यम सम्भव, क्रोधी गुुरु र सिंहमुुखी, पञ्चदेवी, महाकाल, क्षेत्रपाल, महाराजा, जरायो, च्याहान दाता, दुुष्ट राजा र एक डाकुु शिर्षकको नाच प्रर्दशन गरिएको हो ।

Bhautik ministry notice about road

नाच अवलोकन गरेपछि दिवंगत हुुँदा इस्टदेवतालाई चिन्न सजिलो हुुने विश्वास रहेको लामा थकालीले बताउनुुभयो । लामा नाच अवलोकनका लागि स्थानीयबासीका साथै छिमेकी गाउँ र विदेशी पर्यटक पनि आएका थिए ।

यसपालीको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीबासीहरुले आर्थिक सहयोग गरेका थिए । प्रवासीहरुको सहयोगमा ठिनीदेखि गुुम्बासम्म निशूूल्क बस, भक्तजनहरुलाई भोजन र खाजाको व्यवस्थापन गरिएको गुुम्बा संरक्षण समितिका अध्यक्ष कुुलबहादुुर थकालीले बताउनुुभयो ।

यातायात सुुविधा भएपछि लामा नाचको अघिल्लो दिन गरिने पुुजा बिधीमा यसपाली महिला र जेष्ठ नागरिकहरु सहभागी हुुन भएका उहाँले बताउनुुभयो । वौद्ध धर्ममा माइला छोरा लामा बस्ने चलन छ ।

ठिनीमा हाल २२ जना भन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामाहरु नृत्यका लागि गुुम्बामा आएका छन् । कुुछप तेरङ्गा गुुम्बाको धार्मिक र पर्यटकीय सम्भावना रहेको छ ।

पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङ लगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...