२० जनाद्धारा रक्तदान

Gandaki Pardesh notice

बेनी, । बेनीमा बिहिबार भएको रक्तदान कार्यक्रमबाट २० युनिट रगत संकलन भएको छ ।
सामाजिक एवम् मानवीय सेवामा सक्रिय मोना कतार बहुउद्देश्यीय अक्षय कोषको आयोजनामा बेनी अस्पतालको प्राङ्गणमा आयोजना भएको कार्यक्रमको बेनी नगरपालिकालका मेयर सुरत केसीले पहिलो रक्तदाता मोना कतारका प्रमुख संरक्षक नरेन्द्र फगामीलाई व्लड व्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गर्नुुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग उपलव्ध गराएको रक्तmदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयर सुरत केसीले रक्तदातालाई निरन्तर रक्तदान गर्न प्ररेणाका कारण म्याग्दीमा रगत अभावकै कारण कसैको ज्यान जाने अवस्था नरहेको बताउनुुभयो । उहाँले बेनी अस्पतालमा उपचारार्थ बिरामी बाहेक संकलित रगत पोखराका अस्पतालसम्म पुग्ने गरेको बताउनुुभयो ।

Bhautik ministry notice about road

कार्यक्रममा मोना अन्तराष्ट्रियका अध्यक्ष, अम्मर छन्न्त्याल, मोनाका संस्थापक अध्यक्ष प्रकाश पुन, वरिष्ठ उपाध्यक्ष ददिवल खड्का, प्रमुख संरक्षक ओमनारायण जुग्जाली, प्रमुख सल्लाहकार मिम पूर्जा, नेपाल रेडक्रस सोसाईटी म्याग्दी शाखा सभापति अमर बानियाँले प्रवासी म्याग्देलीको अगुवाईमा भएको रक्तदान कार्यक्रम अत्यन्त सराह्रनीय रहेको बताउनुुभयो ।

Shreekrishna hardwear in news

सोही अवसरमा कतारबाट म्याग्दी फर्किएका म्याग्देलीलाई सीप तथा समस्यामा परेकालाई उद्धार सहित विभिन्न सामाजिक एवम् मानवीय सेवामा सहयोग गर्न स्थापित कोष बृद्धिमा अष्टिे«लियाबाट हरि राम्जाली २ लाख, जापानबाट विबेक खड्काले २ लाख, राम खड्का २ लाख सहयोग गरी संरक्षक सदस्य र सुवोध बरुवालले ५ हजार ५५५ प्रदान गरी आजिवन सदस्यता लिनुुभएको थियो ।

विभिन्न संघसंस्थाबाट करिब डेढ सयको हाराहारीमा सहभागिता रहेको थियो । मोना कतार, मोना यूएई, मोना क्रोयसियाको सह–आयोजना रहेको रक्तदान कार्यक्रमको अध्यक्षत कोषका अध्यक्ष कार्की, स्वागत मोना कतारका अध्यक्ष राजु पौडेलले गर्नुुभएको थियो । रक्तदान जस्तो पवित्र कार्यक्रम लगायतका गतिविधिका माध्यमबाट समाजलाई हित हुने कार्यमा सदैव योगदान हुने कोषले जनाएको छ । रक्तदान कार्यक्रममा सहभागीलाई ढाका टोपी र सम्मानपत्र वितरण गरिएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...