कुछप तेरङगा गुम्बामा लामा नाच (धेक्याप) को तयारी

Gandaki Kotihome

ठिनी, । मुुस्ताङको घरपझोङ गाउँपालिका–५ ह्युुएसर धाङ डाडामा रहेको कुुछप तेरङ्गा गुम्बामा लामा नाच (धेक्याप)को तयारी भएको छ ।

मुुस्ताङको प्रमुख गुम्बाहरुमा वर्षमा एक पटक धेक्याप हुुने गर्छ । ठिनी गाउँको कुछप तेरङ्गा गुुम्बामा यसपाली असोज २६ गते लामा नाच हुुदैछ । नाचको तयारीका लागि तीन दिन अघि मंगलबारदेखि पुुजाआजा शुुरु भएको छ ।

लामाहरुले उवाको पिठो, घ्युु लगायत सामग्रीको प्रयोग गरेर बनाएको पुुजा सामग्रीलाई धार्मिक बिधि अनुुसार गुम्बामा भित्र्याएर लामा नाचको लागि पुुजा शुुरु गरिएको कुुछप तेरङ्गा गुुम्बा संरक्षण समितिका अध्यक्ष कुलबहादुुर थकालीले बताउनुुभयो ।

Upper Myagdi transmition line notice

बुुधबार र बिहिबार पुुजा गरेर शुुक्रबारका दिन लामा नाच प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । वौद्ध धर्मगुुरु पद्यसम्भको पाला आठौ शताब्दीदेखि लामा नाच देखाउने चलन रहेको छ । नाच अघि विश्व शान्तिको कामना गर्दै पुजा गर्ने चलन छ ।

Annapurna aarohan ko notice

लामाहरुले देखाउने धार्मिक नृत्यमा इष्ट देवताको गतिबिधिलाई प्रस्तुुत गरिने कुुछप तेरङ्गा गुुम्बाका लामा सुवास थकालीले बताउनुुभयो । “लामा नाच अवलोकन गरेमा पुुण्य प्राप्त हुुनुका साथै ग्रह दशा हट्ने र जिवनमा सफलता मिल्छ,” उहाँले भन्नुुभयो “तेह् सय वर्षदेखिको लामा नाचलाई हामिले लोप हुुन नदिएर बचाएर राखेका छौ ।”

नाच अवलोकन गरेपछि दिवंगत हुुँदा इस्टदेवतालाई चिन्न सजिलो हुुने विश्वास रहेको लामा थकालीले बताउनुुभयो । लामा नाच अवलोकनका लागि स्थानीयबासीका साथै छिमेकी गाउँ र विदेशी पर्यटक पनि आउने गरेका छन् । यसपालीको लामा नाच सञ्चालन गर्न बेलायतमा रहेका ठिनीबासीहरुले पनि सहयोग गरेका थकालीले बताउनुुभयो ।

ठिनी गाउँमा माइला छोरा लामा बस्ने चलन छ । ठिनीमा हाल २२ जना भन्दा बढी लामा छन् । ठिनीका लामाका साथै छिमेकी गाउँका पनि लामाहरु नृत्यका लागि गुुम्बामा आएका छन् । कुुछप तेरङ्गा गुुम्बाको धार्मिक र पर्यटकीय सम्भावना रहेको छ ।

पर्यटकीय गन्तब्यको रुपमा विकास भएको ढुुम्बा तालको नजिकै डाडामा रहेको गुम्बा परिसरबाट जोमसोम, ठिनी, मार्फा, स्याङ लगायतका भूूगोलको मनमोहक दृष्य अवलोकन गर्न सकिन्छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...