भानु माविमा अक्षयकोष स्थापना

Gandaki Pardesh notice

बेनी । बेनी नगरपालिका–१ रत्नेचौरको भानू माविमा शुक्रबार दुई लाख रुपैयाँको अक्षयकोष स्थापना भएको छ ।

Bhautik ministry notice about road

गौरीकुमारी स्मृति अक्षयकोष स्थापनाका लागि दाताले दुई लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो । कोषका संरक्षक लालबहादुर बोगटी र अध्यक्ष बिष्णुकुमार बोगटी सहित परिवारका सदस्यहरुले प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाको उपस्थितिमा रकम हस्तान्तरण गर्नुभएको थियो ।

बोगटी परिवारले बुवा र आमाको नाममा स्थापना गर्नुभएको अक्षयकोषको ब्याजको रकम गरिब बालकालिकाहरुको शिक्षामा सहयोग गरिने बिद्यालयले जनाएको छ । वडा अध्यक्ष टेकबहादुर रावलको अध्यक्षता, प्रअ भरत खत्रीको सञ्चालन र शिक्षक गोबिन्द रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...