सांसद गर्बुजाद्धारा पटरेनी घाट झोलुुङ्गे पुल उद्घाटन

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको मालिका गाउँपालिका १ र ६ सिमाना स्थित पटेरनीघाटमा म्याग्दीखोला माथि १०४ मिटर लामो झोेलुुङ्गे पुुल निर्माण भएको छ ।

मालिका गाउँपालिका र उपभोक्ताको रु. ५९ लाख नौ हजार ३६५ को लागतमा निर्माण भएको पुुलको प्रतिनिधिसभा सदस्य खमबहादुुर गर्बुजा (खम्बिर)ले मंगलबार उद्घाटन गर्नुुभयो ।

२०७८ मंसिर २० गते सम्झौता भएको पुुल यही असोज २१ गते निर्माण सकिएको छ । सो पुल निर्माण भएपछि मालिका गाउँपालिकाको ढाँडखर्क, खोप्टी, सिरदी, निस्कोट, मंगला गाउँपालिकाको छिस्वाङ लगायत बस्तीका बासिन्दा लाभान्वित भएका छन् ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

पुल निर्माणको प्राविधिक र सामाजिक परिचालनको जिम्मेवारी गैरसरकारी संस्था मिलन म्याग्दीले लिएको थियो । पुुल उद्घाटन कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०७९÷८० मा नौ झोलुङ्गे पुल निर्माण भएको थियो । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा थप आठ वटा झोलुङ्गे पुल निर्माणाधीन छन् । पटरेनीघाट हालै निर्माण सकिएको हो ।

टिभिएसयुमार्फत स्थानीय तहले प्राप्त गर्ने बजेटबाट सामाजिक तथा प्राविधिक सहयोग गर्ने गरी मिलनलाई झोलुङ्गे पुल निर्माण गर्ने जिम्मा दिने गरिएको छ । मिलन म्याग्दीका अध्यक्ष दिलमायाँ बिटालुका अनुसार निर्माण सकिएका र निर्माणाधिन पुलको कूल लागत रु सात करोड ४३ लाख ९२ हजार आठ सय ९२ रहेको छ ।

“निर्माणाधीन र सम्पन्न भएका पुलबाट पाँच हजार तीन सय २१ घरधुरीका १५ हजार सात सय ४५ जनसङ्या लाभान्वित हुनेछन”, उहाँले भन्नुुभयो, “उपभोक्ता समितिमार्फत पुल निर्माण हुने गरेको छ ।”

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...