अन्नपूूर्णमा माओवादीको संगठन विस्तार तिब्र

Gandaki Ghumau

बेनी, । म्याग्दीको अन्नपूूर्ण गाउँपालिकामा नेकपा माओवादी केन्द्रले संगठन विस्तारलाई तिब्रता दिएको छ ।

विभिन्न पार्टीमा रहेका नेता कार्यकर्ताहरु पुुन माओवादीमा फर्कने क्रम बढेको छ । यसअघि माओवादीमा रहेका र पछिल्लो समय नेकपा एमाले तथा काग्रेसमा रहेकाहरु माओवादीमा फर्कन थालेका नेताहरुले बताएका छन् ।

मंगलबार दोसल्लेमा भएको कार्यक्रममा बेगबहादुुर पाईजाको नेतृत्वमा माओवादीको वडा कमिटि गठन भएको छ । उपाध्यक्षमा सुदिप पाईजा, सचिवमा प्रेम पाईजा, कोषाध्यक्षमा आशा पाईजा रहनुुभएको छ ।

Shreekrishna
Gunasthariya Shiksya

सदस्यहरुमा विनोद पुन, कुमार पाईजा, प्रविन पाईजा, श्रीप्रसाद पाईजा, सविन पुन, अधि पुर्जा, दिलप्रसाद पुन, कुमार पाईजा, प्रेम पुर्जा, पुर्ण पाईज, कल्पना गर्वुजा, मनिषा पाईजा रहनुुभएको छ । सम्पूर्ण माओवादीहरु एक ठाउँमा जुटेर देश विकासमा अघि बढ्नुपर्ने भनाई राख्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष थमबहादुर विकको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा म्याग्दीका ईन्चार्ज एवम् केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गण्डकी प्रदेश सचिवालय सदस्य एवम् प्रदेश सभा क्षेत्र (क) का इन्चार्ज विनोद केसी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारी लगायतकोे उपस्थित भएको थियो ।

कार्यक्रममा माओवादी पार्टीले गरेका काम, अभियानको गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा जनतालाई जानकारी गराउनुभएको थियो । अभियान अन्तरगत वडा र टोलमा भएको कार्यक्रमले पार्टीलाई बलियो बनाउन मद्दत पुगेको अनुभव नेताहरुले गरेका छन् । माओवादीका नेताहरुको टोलीले मंगलबार अन्नपूूर्ण गाउँपालिकाको टिकोट, काफलडाडा मा पनि जनभेटघाट गरेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...