अन्नपूर्णमा जनतासँग माओवादी अभियान

Gandaki Pardesh notice

बेनी, । नेकपा माओवादी केन्द्रले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा स्तरमा जनतासँग माओवादी अभियानको गतिबिधिलाई तिब्रता दिएको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ भन्ने नारासहित तीन महिने अभियान अन्तरगत सोमबार अन्नपूर्णको वडानम्वर ३ को दाना र ५ को शिखमा जिल्लाका नेताहरुले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्नुभएको थियो ।
दानामा भएको अन्तरक्रिया कार्यक्रममा विनोद सेन्च्युरीको अध्यक्षतामा ५१ सदस्यीय वडाकमिटी गठन गरिएको छ । शिखको नेपानेमा कार्यकर्ता अभियान अन्तरगतको कार्यक्रम गरिएको थियो ।
शिखको नेपाने र दानामा भएको कार्यकर्ता भेटघाट एवम् कमिटी विस्तारमा म्याग्दीका ईन्चार्ज एवम् पार्टीका केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, पाटीका गण्डकी प्रदेश सचिवालय सदस्य एवम् प्रदेश सभा क्षेत्र क का इन्चार्ज विनोद केसी, गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीको उपस्थित भएको थियो ।
उहाँहरुले कार्यक्रममा माओवादी पार्टीले गरेका काम, अभियानको गतिबिधि, योजना र राजनीतिक उपलब्धीका बारेमा जनतालाई जानकारी गराउनुभएको थियो । अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष थमबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका ईन्चार्ज बागविर पाईजा, सह–ईन्चार्ज पूर्ण पाईजा लगायत नेताको उपस्थित थियो ।
अन्नपूर्णमा संचालन भएका पाटीका कार्यक्रममा कार्यकर्ताको सहभागिताले पुरानो जनलहर फर्कने अपेक्षा नेताहरु गर्नुभएको छ । समसामयिक राजनीतिक अवस्था र माओवादीको योजनाका विषयमा नेता कार्यकर्ताहरुलाई प्रशिक्षण तथा जानकारी गराउन तीनमहिने अभियान वडास्तरमा संचालन भईरहेका छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...