अन्तराष्ट्रिय पर्वत समाजको अधिवेशन मल्लाजमा

Gandaki Pardesh notice

बेनी, । अन्तराष्ट्रिय पर्वत समाजको चौथो अधिवेशन असोजको अन्तिम हप्ता जलजला गाउँपालि–३ मल्लाजमा हुने भएको छ ।

समाज रोजगारी, पेशा र अध्ययनको शिलशिलामा विश्वका विभिन्न मुलुकमा पुगेका पर्वतवासीहरुको साझा संस्था हो । असोज २६, २७ र २८ गते मल्लाज माझफाँटमा हुुन लागेको अधिवेशनको तयारी तिब्र बनाइएको छ ।

अधिवेशनको तयारीका विषयमा छलफल गर्न जलजला गाउँपालिकाको कार्यपालिका बैठक आइतबार मल्लाजमा भएको छ । गाउँपालिकाका अध्यक्ष राजुुप्रसाद आचार्यको अध्यक्षतामा भएको बैठकमा उपाध्यक्ष दिपक आचार्य, निमित्त प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद आचार्य, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य एवम् स्थानीय अगुुवाहरुको उपस्थिति थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

जलजला गाउँ कार्यपालिकाका प्रवक्ता एवम् वडा नम्वर ८ नाग्लिवाङका वडा अध्यक्ष हरिविकास जिसीको संयोजकत्वमा कार्यक्रम तथा मञ्च व्यवस्थापन समिति गठन गरेको छ । मञ्च व्यवस्थापनको सहयोगी संस्थामा हिम सुसेली युथ क्लव रहेको छ ।

बैठकले हेली प्याड तथा गाडी व्यवस्थापनका लागि वडा नम्बर ४ का अध्यक्ष भरत क्षेत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । समितिको सदस्यमा भिमसेन बराइली, वावुराम कार्की, कुशल जिसी र सन्जीव वोहोरा रहनुभएको छ ।

बसाई व्यवस्थापनकाका लागि वडा नम्बर ३ का अध्यक्ष एकिन्द्र खत्रीको संयोजकत्वमा उपसमिति गठन गरेको छ । सो उपसमितिको सदस्यहरुमा नविन जिसी, मुकुन्द मल्ल, सुनिता क्षत्री, मिनवहादुर खत्री, राम थापा र आयुष जिसी हुुनुहुन्छ ।

नविन जिसीको संयोजकत्वमा गठन भएको प्रचारप्रसार तथा सुचना सम्प्रेषण उपसमितिको सदस्यमा कुशल जिसी, भिमसेन बराइली, पूर्न बस्याल र सागर लामिछाने रहनुुभएको छ । सुनिता क्षेत्रीको संयोजकत्वमा माला तथा अतिथि सत्कार उपसमिति गठन गरेको छ । जसमा शान्ति जिसी र सुनिता कार्की रहेका छन् बैठकले प्रकाश जिसीको संयोजकत्वमा यातयात तथा बाटाघाटा सरसफाई उपसमिति गठन गरेको छ ।

जसमा पूर्ण बरुवाल, विकास भण्डारी, समुन नेपाली लाल वहादुर मल्ल, यामवहादुर भण्डारी र कमल विश्वकर्मा रहेका छन् । बाजा तथा झाँकी व्यवस्थापन उपसमितिको संयोजकमा भिमसेन बराइलीलाइजिम्मेवारी प्रदान गरेको छ । नविन जिसी, पूर्ण बरुवाल, कुशल जिसी, सुनिता जिसी, सुमन नेपाली र सुनिता कार्की सदस्य रहनुुभएको छ । अधिवेशनले जलजलाको पर्यटन पर्वद्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...