रक्तक्यान्सरबाट थलिएकी सरुलाई मंगला युथ क्लवको सहयोग

Gandaki Pardesh notice

बेनी । रक्तक्यान्सर रोगबाट थलिएकी मंगला गाउँपालिका–५ किमचौरकी ९ वर्षीया सरु बि.क.को उपचारका लागि बाबियाचौरको मंगला युथ क्लबले आर्थिक सहयोग गरेको छ ।

Bhautik ministry notice about road

क्लबले बाबियाचौर बजार लगायतका ठाउँमा घरदैलो गरेर संकलन गरेको ६० हजार रुपैयाँ सरुकी आमा रञ्जुलाई हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष बिकास केसी, सचिव गणेश गिरी, कोषाध्यक्ष शोभा बिक र प्रकाश सापकोटाको टोलीले रकम हस्तान्तरण गर्नुभएको थियो ।

परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि सहयोग जुटाउन अभियान सञ्चालन भएको छ । सरुको हाल काठमाडौको महाराजगञ्ज स्थित कान्तिबाल अस्पतालमा डेढ महिनादेखि उपचार भैरहेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...