पोखरा–नारायणघाट सडकको वैकल्पिक वुद्धसिंह मार्ग दमौली–सुडे खण्डको स्तरोन्नति शुरु

Shreekrishna hardware

दमौली, । गण्डकी प्रदेशको राजधानी पोखरा देखि बाग्मती प्रदेशको व्यापारिक सहर नारायणघाट जोड्ने वैकल्पिक सडक वुद्धसिंह मार्गको स्तरोन्नति शुरु भएको छ ।

पृथ्वी राजमार्गको दमौली–मुग्लीन खण्डको विकल्प मानिएको पोखरा–नारायणघाट जोड्ने छोटो दुरिको वृद्धसिंह मार्ग अन्तरगत तनहुँको सदरमुकाम दमौली देखि सुडे खण्डको सडक विस्तार र कालोपत्र गर्न थालिएको हो ।

गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय तनहुँ मार्फत हाल कच्चि अवस्थामा रहेको ३२ किलोमिटर दुरीको वुद्धसिंह मार्गको दमौली–सुडे खण्डको १० किलोमिटर सडक ७ मिटर फराकिलो बनाई ५.५ मिटरका दरले अक्सफाल्ट प्रविधिको कालोपत्र गर्न लागेको जनाइएको छ ।

Shreekrishna

२०७९ भदौ २७ गते रु. ३४ करोड २७ लाख ५४ हजार ५६४ मा ठेक्का सम्झौता गरेको मौनाचुली÷सफल जेभीले पहिलो चरणमा सडक विस्तार, पर्खाल र निर्माण गरिरहेको पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख कृष्ण आचार्यले जानकारी दिनुभयो ।

“२०८२ जेठ ३० गतेसम्म ठेक्काको म्याद रहेको निर्माण कम्पनीलाई पर्याप्त निर्माण सामग्री र उपकरण व्यवस्थापन गरि मजदुर जुटाएर कामलाई गति दिन ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “ठेक्का सम्झौताको एक वर्ष प्रारम्भिक काम गरेको निर्माण व्यवसायीलाई अब संरचना निर्माण र कालोपत्रको तयारी गर्न निर्देशन दिएका छौ ।”

गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयका सचिव शंकर प्रसाद पण्डितले तनहुँको दमौलीदेखि चितवनको घुमाउने निस्किने बुद्धसिंह मार्गलाई पृथ्वी राजमार्गको वैकल्पिक मार्गका रुपमा विकास गर्न लागिएको बताउनुभयो ।

“पृथ्वी राजमार्गअन्तर्गत डुम्रे–आँबुखैरेनी हुँदै घुमाउने पुग्नभन्दा बुद्धसिंह मार्गबाट जाँदा २५ किलोमिटर दूरी कम पर्दछ,” उहाँले भन्नुभयो “बुद्धसिंह मार्गको काम अगाडि बढाउन मन्त्रालयले पर्याप्त बजेटको व्यवस्थापन गर्छ । थप बजेटको व्यवस्था गरेर भएपनि भुक्तानीको व्यवस्थापन गर्छौ । निर्माण व्यवसायीले छिटो काम गर्न सक्नुप¥यो ।”

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

यो मार्गले राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धतामा विस्तार भई सडक पूर्वाधारको उपभोगमा जनताको पहुँच अभिवृद्धि हुने विश्वास गरिएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जाली, सचिव पण्डित, पूर्वाधार महाशाखा प्रमुख लक्ष्मीप्रसाद भण्डारी सहितको टोलीले शनिबार वृद्धसिंह मार्गको निर्माणाधिन पहिलो खण्डको स्थलगत निरिक्षण गर्नुभयो ।

मन्त्री जुग्जालीले पहिलो खण्डको निर्माणको अवस्था जानकारी लिदै बाँकी खण्डको कालोपत्रको सम्भाव्यता र पुल निर्माणको आवश्यकता पहिचानका लागि स्थलगत निरिक्षण गरेको बताउनुभयो । सुडे देखि केही तल निर्माण हुन लागेको जलविद्युत आयोजनले वुद्धसिंह मार्गलाई पार्ने असर र त्यसको विकल्पको विषयमा पनि मन्त्रालयले चासो देखाएको छ ।

हाल दमौली देखि घुमाउनेसम्म नियमित यातायातका साधन सञ्चालन हुदै आएका छन् । चितवनको घुमाउनेमा पक्की पुल नहुँदा दमौलीबाट गएका सवारीसाधन पार गर्न मिल्दैन ।

घुमाउनेमा पुल निर्माणमा भएको ढिलाईले वैकल्पिक मार्गका रुपमा चार पाङग्रे सवारी साधन चितवनतर्फ जान नपाएका हुन् । मोटरसाइकल झोलुङ्गे पुलबाट वार पार गर्दै आएका छन् ।

घुमाउनेमा १०५ मिटर सडक पुल बनाउन सडक विभागले वि.स. २०७५ मा रु. नौ करोड ५६ लाखमा हेटौडाको मृत सञ्जिवनी निर्माण कम्पनीले ठेक्का सम्झौता गरेको थियो । उक्त पुल निर्माण भएपछि पोखरा र दमौलीलाई नारायणगढ आउनजान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २५ किमीको दूरी छोटो पर्छ ।

पोखरा–नारायणगढ सडकको विकल्पका रुपमा तयार गरिएको बुद्धसिंह मार्गको थप स्तरोन्नति र घुमाउनेमा पुल निर्माण सम्पन्न भएपछि यस क्षेत्रका नागरिकलाई चितवन र तराईका विभिन्न जिल्ला जान समयको बचत हुने मन्त्रालयका पूर्वाधार महाशाखा प्रमुख सिनियर डिभिजनल ईञ्जिनियर भण्डारीले बताउनुभयो ।

पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार कार्य चलिहरँदा राजमार्ग धुलाम्य र हिलाम्मे भएपछि मोटरसाइकल यात्रु भने बुद्धसिंह मार्ग हुँदै आवतजावत गर्ने क्रम बढेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...