माओवादी अभियान अन्तरगत सिंगा तातोपानीमा श्रमदान

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीको बेनी नगरपालिका–४ सिंगा तातोपानीमा शनिबार नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले शनिबार पदमार्ग र सडक मर्मतका लागि श्रमदान गरेका छन् ।

बेनी–दरवाङ सडकको तातोपानीको तल्लो बजार क्षेत्रको सडकमा पाखोबाट खसेको र तातोपानी बजारदेखि थामडाडा जाने पदमार्गको पहिरो पन्छाउन श्रमदान गरेका हुन् । माओवादीको वडा कमिटिको आयोजनामा करिब ३५ जनाले तीन घण्टा श्रमदान गर्नुुभएको थियो ।

नेकपा माओवादी केन्द्रका प्रदेश सभा क्षेत्र (क)का संयोजक कुशल पौडेल, बेनी नगर कमिटि अध्यक्ष सेरबहादुुर केसी, उपाध्यक्ष तथा बेनपा ४ का वडा अध्यक्ष अणबहादुर खड्का (भगवान), नगर कमिटि सचिव ज्ञानेन्द्र सुवेदी, वडा कमिटिका अध्यक्ष सन्दिप खत्री (क्रेन), वडा सदस्य प्रेम श्रीस लगायतको सहभागितामा श्रमदान गरिएको थियो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत भदौ १६ गतेदेखि देशब्यापी रुपमा सञ्चालन भएको अभियान मार्फत यसअघि मालिका गाउँपालिकाको वडा नम्बर –३ डाडागाउ र बेनी नगरपालिका–१ रत्नेचौरको रुइनेडाडामा सडक मर्मत गरिएको थियो ।

वडा नम्बर ४ ओखरबोटमा पदमार्ग निर्माण र मर्मत भएको थियो । अन्य पालिका र वडा स्तरमा पनि श्रमदान अभियान सञ्चालन गर्ने माओवादी केन्द्र म्याग्दीले जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...