बेनी नगरपालिकाका कर्मचारीको पेन डाउन

Gandaki Ghumau

बेनी, । म्याग्दीको बेनी नगरपालिकामा स्थानीय तह कर्मचारी संघर्ष समितिले शुक्रबार देखि अत्यावश्यक वाहेकका सेवा प्रवाह नगर्ने गरी अनिश्चितकालीन पेन डाउन शुुरु गरेका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेललाई ज्ञापनपत्र मार्फत मागहरुका बिषयमा जानकारी गराउदै पेनडाउन शुुरु गरेका हुुन् । नगरपालिका लेखा अधिकृत समेत रहनुुभएको कर्मचारी संघर्ष समितिका गोकुुल शर्माले जारी हुने चरणमा रहेको निजामती सेवा ऐन सबै तहका कर्मचारीलाई समान अधिकार र अवसर दिने खालको हुनुपर्ने बताउँदै देशैभरी आन्दोलनको घोषणा अनुसार बेनीमा पनि अनिश्चितकालिन पेन डाउन गरिएको बताउनुुभयो ।

नेपाल सरकारले ऐनमै कर्मचारीलाई भेदभाव गरेमा मनोबलमा असर पर्ने भन्दै पेनडाउनका साथै हातमा कालोपट्टी बाँधेका छन् । जनताको सबैभन्दा नजिक रहेर सेवा प्रवाह गर्ने कर्मचारीलाई निजामतीको परिभाषामा नसमेट्नु गम्भीर भुल भएको भन्दै माग पुरा नभए थप कडा संघर्षमा उत्रिने बेनी नगरपालिकाका शिक्षा अधिकृत कमल ढकालले बताउनुुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

आन्दोलनमा उत्रिएका कर्मचारीले संघीय निजामती सेवा ऐनको सट्टामा एकीकृत निजामती सेवा ऐन जारी गरिनुपर्ने स्थानीय तहका कर्मचारीको माग छ । त्यसैगरी स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको पद स्थानीय सेवाको नै रहने व्यवस्था गरिनुपर्ने, निजामती परिभाषाभित्र स्थानीय तहका कर्मचारीहरुलाई समेत समेटिनुपर्ने, विना सहमति ७५३ वटै स्थानीय तहमा वैज्ञानिक पुर्वानुमानयोग्य चक्रिय प्रणालीमा सरुवा गरिनुपर्ने माग पनि संघर्ष समितिले अघि सारेको छ ।

समायोजनका कर्मचारीहरुको उचित व्यवस्थापन गरिनुपर्ने, तीनै तहका कर्मचारीहरुको समान वृत्ति विकासको व्यवस्था गरिनुपर्ने, स्थानीय तहमा कार्यरत कर्मचारीहरुको कर्मचारी कल्याणकोषको अनिवार्य व्यवस्था गरिनुपर्ने, स्थानीय तहका कर्मचारीलाई पनि निजामती अस्पतालबाट प्राप्त हुने सेवा सुविधामा सहुलियत दिनुपर्ने माग संघर्ष समितिको छ ।

त्यसैगरी जुनसुकै तहमा वहाल रहेका कर्मचारीलाई तीनै तहको विज्ञापनमा उमेर हद नलाग्ने र सेवा अवधि जोडिने व्यवस्था गरिनुपर्ने, स्थानीय सेवाका कर्मचारीलाई ट्रेड युनियन अधिकार प्रदान गरिनुपर्ने, अस्थायी तथा करार कर्मचारीहरुको उचित व्यवस्था गरिनुपर्ने माग अघि सारेका छन् ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...