धवलागिरीको एकबाट अर्को गाउँमा आवत जावत बन्द

Gandaki Pardesh notice

टोल टोलमा कटुवाल परिचालन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले कोरोना ¬(भाइरस) फैलिन नदिन एकबाट अर्को गाउँमा आवत जावत बन्द गराएको छ ।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै शुक्रबारदेखिनै लागू हुने गरि एकबाट अर्को वडा र एउटाबाट अर्को गाउँमा जान आउन बन्द गरिएको जनाएको छ । वडा न. ७ का ८६ वर्षीय बृद्धलाई कोरोना (भाइरस) पुष्टि भएपछि बिहीबार आकस्मिक रुपमा बसेको कार्यपालिका बैठकले आवत जावतमा रोक लगाउने लगायतका निर्णय गरेको थियो ।

Shreekrishna hardwear in news

प्रमुख प्रशासकीय अधिकृत गोपाल शर्माद्धारा जारी विज्ञप्तिमा अति आवश्यक कामका लागि गाउँ बाहिर आवत जावत गर्नुपरेमा वडा कार्यालयको सिफारिस अनिवार्य लिनुपर्ने उल्लेख छ । पालिकामा संक्रमित भेटिएका र चाडपर्वको समयमा हुने आवत जावतले कोरोना फैलिने जोखिम बढेकाले कडाई गरिएको कार्यपालिकाका प्रवत्ता झकबहादुर छन्त्यालले बताउनुभयो ।

Bhautik ministry notice about road

गाउँपालिकाले कुनै पनि स्थानमा मेला, पर्व, जात्रा, खेलकेद जस्ता भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम नगर्न नगराउन रोक लगाएको छ । अन्य जिल्लाबाट धवलागिरी गाउँपालिकामा आएका परिवारका सदस्यको घर सिल गरि होम आइसोलेशनमा राखिने भएको छ ।
कोरोना जोखिम न्युनीकरण तथा रोकथाम गर्न टोलटोलमा जनप्रतिनिधि, आमा समूहका पदाधीकारी, टोल सुधार समितिका पदाधीकारी, युवा क्लवका प्रतिनिधि रहने गरी कोरोना महामारी नियन्त्रण समिति गठन, क्वारेन्टिन तथा आइसोलेशन ब्यवस्थापन, सचेतना लगायतका कार्य गरिएको छ ।

सात वटै वडाका टोल टोलमा कटुवाल परिचालन गरेर गाउँपालिकाले गरेका निर्णय कार्यान्वयनमा सघाउन सूचना जारी गरिएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...