बरंजाका पहिरो पीडितलाई वाइसीएलको सहयोग

Gandaki Pardesh notice

बेनी, । नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएल म्याग्दीले मंगला गाउँपालिका–३, बरंजाका पहिरो पीडितलाई खाद्यान्नसहित आर्थिक सहयोग गरेको छ । वाईसिएलका जिल्ला पदाधिकारीबाट आर्थिक र खाद्यान्न संकलन गरी पहिरो पीडितलाई सहयोग गरेका हन् ।
बर्षा संगै मंगलबार बेलुकी घरमाथिबाट खसेको पहिरोले बरंजास्थित घाम्ताङमा बसोबास गर्ने शेर बहादुर दर्जिको ९ जना परिवार सदस्य बस्ने घर पशुचौपायसहितको गोठ पूर्णरुपमा क्षति पु¥याएको थियो । पहिरोले दर्जीको घर, गोठमा रहेका पशुचौपायासहित करिव रु. २३ लाख बराबरको क्षति पु¥याएको थियो ।
पीडित दर्जीलाई वाईसियलले रु. १२ हजार ६ सय रुपैयाँ नगदसहित खाद्यान्न उपलब्ध गराएको वाईसियल म्याग्दी सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो । सोही वडाका वडाअध्यक्ष यामबहादुर रोका, मंगला गाउँपालिका कमिटीका उपाध्यक्ष सुकमाया रोका, वाइसीएलका प्रदेश सदस्य अर्जुन शाही लगायतको उपस्थितमा राहत हस्तान्तरण गरिएको थियो ।
वडा अध्यक्ष रोकाले आर्थिक अवस्था कमजोर भएको परिवारलाई पहिरोले ठुलो क्षति पुगेकोले आर्थिक सहयोग गर्न स्वदेश तथा विदेशमा रहेकालाई आग्रह गर्नुभएको छ । जिल्ला सचिव पौडेलको अध्यक्षतामा राहत हस्तान्तरण कार्यक्रममको संचालन बेनी नगर कमिटी सचिव गोकुल सुनारले संचालन गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...