एमाले गण्डकीको अध्यक्षमा म्याग्दीका नवराज र लमजुुङका मायानाथ प्रतिस्पर्धामा

Add Samajik bikash office

म्याग्दीका सन्तोष रावल उपसचिवका उमेद्वार, हरिकृष्ण, पुुस्कर र किरण निर्विरोध

बेनी, । नेपाल कम्युनिष्ट पार्टी(एमाले) गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि मतदान हुने भएको छ ।

यही असोज १५ गतेदेखी सुरु भएको प्रथम प्रदेश अधिवेशनमा बुुुधबार अध्यक्ष पदका लागि मायानाथ अधिकारी(लमजुङ) र नवराज शर्मा(म्याग्दी)ले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

Shreekrishna hardwear in news

पोखरा सभागृह हलमा जारी अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास गरिएपनि सफल नभएको र बिहीबार विहान चुनावमार्फत नेतृत्व चयन गरिने एमालेले जनाएको छ ।

सर्वसम्मत नेतृत्व चयनको प्रयास सफल नभएपछि निर्वाचन समितिले चुनावी कार्यतालिका प्रकाशित गरेको थियो । अध्यक्ष लगायत पदाधिकारीका लागि पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको दुई छुट्टाछुट्टै प्यानल बनाइएको छ ।

Bhautik ministry notice about road

निर्वाचन समितिका अनुसार उपाध्यक्ष पदमा बाबुराम विश्वकर्मा(नवलपुर) र मीनप्रसाद गुरुङ(स्याङ्जा)को उम्मेदवारी परेको छ । सचिवमा धनञ्जय दवाडी(लमजुङ) र रश्मी आचार्य(कास्की) उम्मेदवारी दिनुभएको छ ।

उपसचिव पदमा अर्जुनकुमार सुनाम (स्याङ्जा), दामबहादुर विक (कास्की) र सन्तोष रावल(म्याग्दी) को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । उपसचिव महिलामा मन्जु अधिकारी(बागलुुङ) र मीना गुरुङ(कास्की)को उम्मेदवारी परेको छ ।

यसैगरी एक सय ६२ सदस्यीय प्रदेश कमिटीको लागि तीन सय ८२ जनाको उम्मेदवारी परेको छ । संघीय भूूगोल म्याग्दीबाट हरिकृष्ण श्रेष्ठ, जिल्ला भूूगोल म्याग्दीबाट किरण सापकोटा र जिल्ला भूूगोल दलित कोटामा म्याग्दीका पुुस्कार बिक निर्विरोध चयन हुनुुभएको छ ।

नयाँ नेतृत्व चयन गर्नका लागि बिहीबार विहान मतदान हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र थापा मगरले जानकारी दिनुभयो । उहाँका अनुसार विद्युतिम मतदान मार्फत निर्वाचन गर्ने तयारी भईरहेको छ । मतदानको लागि ३५ वटा विद्युतिय भोटिङ मेसिन प्रयोग हुने थापाले बताउनुभयो ।

अधिवेशनका लागि प्रदेशका ११ जिल्ला र जनवर्गीय सङ्गठनबाट गरी नौ सय सात जना प्रतिनिधि सहभागी छन् । निर्वाचनबाट एक सय ६२ जना छानिनेछन् । जसमा पदाधिकारीमा अध्यक्ष एक, उपाध्यक्ष एक, सचिव एक, उपसचिव खुला एक, उपसचिव महिला एक निर्वाचित हुनेछन् । यसैगरी खुल्ला प्रदेश सदस्य ५८ जनालाई विभिन्न कल्ष्टरमा बाँडिएको छ ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...