बरंजामा घर पुरियो

Gandaki Kotihome

बेनी, । म्याग्दीको मंगला गाउँपालिका –३, बरंजाको घाम्ताङमा एक वटा घर पुरिएको छ ।

दुईदिनदेखि लगातार बर्षा संगै मंगलबार बेलुकी ९ बजेतिरको समयमा घरमाथिबाट खसेको पहिरोले स्थानीय शेर बहादुर दर्जिको घरगोठ पूर्णरुपमा क्षति पु¥याएको हो । स्थानीय दर्पण रोकाका अनुसार पहिरोले गोठमा रहेका पशुचौपाया समेत पुरिएका छन ।

पहिरोमा परेर गोठमा रहेका भैसि, गोरु, पाडो, बाख्रा लगायतका चौपाय मरेका छन । पहिरो खस्न थालेपछि दर्जि सहित परिवार घरबाट निस्किएर सुरक्षित ठाउँमा गएकाले मानवीय क्षति भएको छैन ।

Shreekrishna hardwear in news
Notice about ban dadalo

घर पहिरोले पुरिएपछि दर्जीको परिवारलाई तत्कालका लागि खाद्यान्न तथा लत्ताकपडाको व्यवस्था गरि भैरमथान स्थित आमा समुहको भवनमा अस्थायी बसोबासको व्यवस्था गरिएको वडा मंगला गाउँपालिका ३ बरंजाका वडा अध्यक्ष याम रोकाले बताउनुभयो ।

घर पुरिदा दर्जिको ७ जनाको परिवार विस्थापित भएका छन् । आर्थिक अवस्था कमजोर भएको र खाद्यान्न तथा लत्ताकपडा सवै पुरिएकाले तत्कालै राहतका लागि अध्यक्ष रोकाले रु. तीन हजार सहयोग प्रदान गरेको बताउनुभयो ।

छिमेकीहरुलाई पनि लत्ताकपडा तथा खाद्यान्न सहयोग गर्न आव्हान गरेको अध्यक्ष रोकाले बताउनुभयो । गाउँपालिकाको विपत व्यवस्थापन कोषबाट राहत सहयोगका लागि गाउँपालिका अध्यक्ष सत प्रसाद रोकालाई घटनाको बारेमा जानकारी गराएको वडा अध्यक्ष रोकाको भन्नुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...