मुक्तिनाथमा सेनाले सुविधायुक्त विश्रामस्थल बनायो

Gandaki Kotihome

मुस्ताङ, । मुस्ताङको वारागुङ मुक्तीक्षेत्र गाउँपालिकामा रहेको हिन्दु तथा वौद्ध धर्मावलम्बीहरुको साझा तिर्थस्थल मुक्तिनाथ मन्दिर परिसरमा नेपाली सेनाले सुविधायुक्त विश्रामस्थल बनाएको छ ।
समुन्द्रि सतहतदेखि तीन हजार आठ सय मिटरको उचाईमा रहेको मुक्तिनाथ मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई लक्षित गरेर रु. ६४ लाख २७ हजार लागतमा विश्रामस्थल निर्माण गरिएको नेपाली सेनाको पश्चिम पृतनाले जनाएको छ ।
पृतनापति उपरथी दिपक कुमार बानियाले सोमबार विश्रामस्थल उद्घाटन गरि मुक्तिनाथ क्षेत्र विकास समितिका अध्यक्ष रहेका प्रमुख जिल्ला अधिकारी जनकराज पन्त र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका उपाध्यक्ष ढिकी गुरुङलाई हस्तान्तरण गर्नुभएको थियो ।
सेनाको पश्चिम पृतनाबाट रु. आठ लाख ६७ हजार र सामाजिक विकास कार्यालय मुस्ताङको रु. आठ लाख बजेटका अलावा विश्रामस्थल निर्माणका लागि सैनिकहरुले रु. ४७ लाख ६० हजार मूल्य बराबरको श्रमदान गरेका छन् ।
करिब एक रोपनी क्षेत्रफलमा निर्माण भएको विश्रामस्थलमा दुई वटा अक्सिजन सिलिण्डर सहितको मेडिकल वेड, स्वास्थ्य उपकरण, औषधी, पुरुष र महिलाका लागि छुट्टा छुट्टै शौचालय, १९ वटा बेञ्च राखिएको छ । विश्रामस्थलको ५० मिटर दुरीमा हेलिप्याड रहेको छ ।
विश्रामस्थल पछाडीको एक हजार वर्गफिट बराबर हिमाल, पहाड र तराईको प्रतिनिधित्व गर्ने गरी नेपालको नक्सा निर्माण गरिएको छ । उच्च स्थानको उकालोमा पैदलयात्रा गरेर मुक्तिनाथ मन्दिर जाने क्रममा लेक लाग्ने र अन्य स्वास्थ्य समस्या भएमा, हिमपात, बर्षात भएको अवस्थामा, अशक्त भक्तजनहरुलाई विश्राम गर्न सहज हुने अपेक्षा गरिएको छ । विश्रामस्थल उद्घाटन र हस्तान्तरणको क्रममा सेनाको चिकित्सकहरुको टोलीले ५० जनालाई स्वास्थ्य परिक्षण सेवा दिएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...