मोना कप भलिबलको तयारी

Gandaki Pardesh notice

बेनी, ः आगामी हप्ता म्याग्दीको बेनीमा प्रथम मोना कप भलिबल प्रतियोगिता हुने भएको छ ।

विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको पाँचौ महाधिवेशनको अवसरमा असोज २४ र २५ गते बेनीमा पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना भएको हो ।

प्रतियोगितामा प्रथम, द्वित्तीय, तृत्तीय र सान्तवना हुनेलाई कप, मेडल र प्रमाणपत्र सहित क्रमशः रु. एक लाख ५० हजार, रु. ७५ हजार, रु. ५० हजार ररु. २० हजार पुरस्कार प्रदान गरिने मोनाका सचिव सुवोध बरुवालले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

“म्याग्दीका ६ वटा पालिकाका खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेछ्,” उहाँले भन्नुभयो “प्रतियोगितामा उतकृष्ट खेलाडीलाई रु. १० हजार सहित पुरस्कृत गरिने छ ।” भलिबल खेल सञ्चालनको जिम्मेवारी पाएको जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाले तयारी तिब्र बनाएको जानकारी दिनुभयो ।

महाधिवेशनको अवसरमा मोना मिनी म्याराथुन प्रतियोगिता समेत आयोजना गरिएको छ । बेनी बजारदेखि लभ्लीहिल सम्म हुने प्रतियोगिताको बिजेता, उपबिजेता र तृतीय हुनेलाई क्रमश रु. बीस हजार, रु. पन्ध्र हजार र रु. दश हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

असोज २६, २७ र २८ गते बेनीमा हुने मोनाको पाँचौ महाधिवेशनमा २८ देशमा रहेका प्रवासी म्याग्देलीहरुको सहभागिता हुनेछ् । अधिवेशनबाट आगामी दुई वर्षका लागि मोनाको नेतृत्व र कार्यसमिति चयन हुने जनाइएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...