गण्डकीमा स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा बेनी दोस्रो

Gandaki Pardesh notice

बेनी, । गत आर्थिक वर्षको स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा म्याग्दीको बेनी नगरपालिका गण्डकी प्रदेशमा दोस्रो बनेको ।

प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले गरेको मूल्याङकनमा प्रदेशका ८६ पालिका मध्य बेनी नगरपालिकाले ७५.१ अंक ल्याएर प्रदेशभर दोस्रो बनेको छ । ७०.३ अंक पाएको मालिका गाउँपालिका आठौ भएको छ ।

७७.७ अंक ल्याएको गोरखा नगरपालिका प्रदेशमा प्रथम भएको छ । तेस्रो भएको मध्यनेपाल नगरपालिकाले ७२.२, चौथो भएको पोखरा महानगरपालिकाले ७१.६, पाँचौमा पुतलीबजार नगरपालिकाले १०.८ अंक ल्याएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

गत आर्थिक वर्ष २०७९÷८० मा सम्पादित स्वास्थ्य सम्बन्धी कार्यक्रमको समिक्षा गर्न आइतबार र सोमबार पोखरामा भएको गोष्ठिमा नतिजा सार्वजनिक गरिएको थियो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्री शुुसीला सिम्खडा, सचिव बिनोदबिन्दु शर्मा, स्वास्थ्य निर्देशक खिमबहादुर खड्काले बेनी नगरपालिकाका जनस्वास्थ्य अधिकृत चन्दन सुवेदी र स्वास्थ्य शाखाका लिला गौतमलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

मन्त्रालयको स्वास्थ्य तालिम केन्द्रका प्रमुख रमेश अधिकारी, चिकित्सा सेवा महाशाखा प्रमुख डाक्टर रमेश केसी, स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीको समूहले पालिकाहरुले गरेको स्वास्थ्य कार्यक्रमको मुल्याङ्कन गरेको हो ।

खोप, सुरक्षित मातृत्व, परिवार नियोजन, महामारी रोग नियन्त्रण लगायत कार्यक्रम कार्यान्वयनलाई विभिन्न सूचकका आधारमा मूल्याङकन गरिएको हो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...