पर्वतका सडक सुधार गर्न प्रदेश सरकारको रु. एक अरब बढीका योजना

Gandaki Kotihome

कुश्मा, । गण्डकी प्रदेश सरकारले पर्वत जिल्लाका ग्रामिण सडकको स्तरोन्नति गर्न रु. एक अरब भन्दा बढी बजेटका योजना सञ्चालन गरेको छ ।

प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷०८१ मा पर्वतका सडक सम्बन्धी १३२ वटा योजनाका लागि एक अरब आठ लाख दुुई हजार ९९ लाख एक हजार बिनियोजन गरेको हो ।

मन्त्रालय अन्तरगतको पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले ९ वटा क्रमागत, दुुई वटा कृषि सडक, १४ वटा संघीय हस्तान्तरित र प्रदेश सरकारका नयाँ ९४ वटा योजना रहेका जानकारी दिनुुभयो ।

Upper Myagdi transmition line notice

“प्रदेश सरकारले यस वर्ष सिर्जना गरेका नयाँ ९४ वटा योजनाका लागि रु. ९८ करोड ९९ लाख ९१ हजार बजेट आएको छ,“उहाँले भन्नुुभयो “संघीय सरकारबाट हस्तान्तरित १४ वटा योजनालाई रु. नौ करोड ३० लाख बजेट पनि हामीकहाँनै आएको छ ।”

यसअघिका वर्षमा ठेक्का लागेका ९ वटा र २ वटा कृषि सडक योजना रहेका छन् । एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तरगत जलजला गाउँपालिकाको मिलनचोक–सल्यान–धाइरिङ–घाखेत–ठोट्नेरी सडक योजनाका ठेकेदार करिब दुुई वर्षपछि काममा फर्किएका कार्यालय प्रमुुख अधिकारीले बताउनुुभयो । यो योजनाका लागि चालु आर्थिक वर्षमा रु. चार करोड बिनियोजन भएको छ ।

सेरावेशी–मोहरिया र खुर्कोट–पाङ–नाग्लीवाङ, हिमालय मावी–पाङ–नुुवारथर पसेर्नी सडक योजनाको काम शुरु भएको छ । चिसापानी–हातेमालोचोक–त्रिवेणी–वहाकी भञ्याङ–पोखराचौर–खहरेखोला सडक कालोपत्र गर्ने क्रमागत योजनालाई रु. तीन करोड ९० लाख बिनियोजन भएको छ ।

ख वर्गको प्रादेशिक सडक कार्यक्रम अन्तरगत दोविल्ना–फलेवासलाई रु. तीन करोड र प्रादेशिक (ख) वर्गको सडक कार्यक्रम अन्तरगत हिलेखोला–कार्कीनेटा–खलडाडा–फलेवास –जैमुनीघाट सडकलाई रु. तीन करोड र दोविल्ना–सिल्मी–ठुुलीपोखरी–खौला–कार्कीनेटा– सडकलाई रु. दुुई करोड बिनियोजन भएको छ ।

Annapurna aarohan ko notice

स्थानीय तहको केन्द्र जोड्ने सडक स्तरोन्नति कार्यक्रम अन्तरगत मोदी गाउँपालिका–५ को लुुङखुु देउराली–मिलनचोक–वालाकोट–होस्याङ्दी सडकलाई रु. चार करोड पचास लाख बिनियोजन भएको छ ।

एक निर्वाचन क्षेत्र एक कृषि सडक कार्यक्रम अन्तरगत बाक्लेको धारा–र्हबोट हुदै ठुुलोपाखा–फाल्हाल्ने –खोलाखेत सडक मोदी–५ र धरादी–काउनडाडा–सौर्यकोट–हातेमालोचोक–धरमपानी सडक पैयुँ गाउँपालिका–४ र ५ लाई रु. पचास पचास लाख बिनियोजन भएको छ ।

कुश्मा नगरपालिकाको हिमालय मावि पाङ–नुुवारथर–कसरी–खनीयाघाट सडकलाई रु. चार करोड र मोदी गाउँपालिकाको रतिखोला देखि दराक चित्रे गगटे राम्जा सडकलाई रु. नौ करोड, ह्यार्डि खोला पुल देखि ओखलढुुंगा भ्mयाप्ले खोला सडकलाई रु. तीन करोड बिनियोजन भएको छ ।

जलजला गाउँपालिकाको मोहनचोक–फड्केढुंगा–रातमाटा ओख्रेनी हुदै हम्पालm कुश्मा नगरपालिका १४ को गंगटे–आर्थर डाडाखर्क र सडकलाई रु. एक÷एक करोड बिनियोजन भएको छ ।

पुर्वाधार विकास कार्यालय पर्वतको भवनलाई पूूर्णता दिन रु. करोड चालिस लाख, छत्तिसेघाट, मल्याग्दीखोला, भोर्लेग्यामी मोटरपुल र लिदिखोला सडक पुललाई रु. दुुई करोड ३५ लाख बजेट बिनियोजन भएको छ ।

फलेवास नगरपालिका–४ को लमायखोला, पैयु गाउँपालिकाको मेदीखोला, कास्की र पर्वतको सिमानामा रहेको सावेत–झिलिवराङ र कुश्मा नगरपालिकाको धैरेनी–सारीकाटे झोलुुङगे पुुललाई रुं ९० लाख बिनियोजन भएको छ ।

पुुर्वाधार विकास कार्यालय पर्वतका प्रमुख अधिकारीले चालु आर्थिक वर्षमा सालवसाली र बहुुबर्षे ठेक्का लगाउने योजनाको पहिचान गरि सर्वेक्षणको काम भैरहेको बताउनुुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...