क्यान्सरका बिरामीको उपचारका लागि करिब रु. ३२ लाख सहयोग

Gandaki Pardesh notice

बेनी, ः स्तनक्यान्सर बाट थलिएका म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीकी सगुन शेरपुञ्जाको उपचारका लागि करिब रु. ३२ लाख भन्दा बढी सहयोग प्राप्त भएको छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका–६ का वडा अध्यक्ष मनकुमार शेरपुञ्जाको अगुवाईमा स्वदेश तथा विदेशबाट रु. ३१ लाख ९२ हजार ३७८ संकलन भएको हो । वडा अध्यक्ष शेरपुञ्जाले आइतबार सहयोगदाताहरुको विवरण सार्वजनिक गर्दै सगुनलाई रकम हस्तान्तरण गर्नुभएको हो ।
पाखापानी, म्याग्देली लगायत नेपालीबाट तीन महिनाको अवधिमा सो सहयोग जुटाएको वडा अध्यक्ष शेरपुञ्जाले बताउनुभयो । ‘‘परिवारको आर्थिक अवस्था कमजोर भएपछि स्तन क्यान्सर पीडित सगुनको उपचारमा समस्या देखियो,” उहाँले भन्नुभयो “उहाँलाई बचाउन र उपचार सफल बनाउन मेरै नेतृत्वमा सगुन बचाउ अभियान सञ्चालन गरेर सहयोग जुटाएको हो ।”

सगुनको नेशनल हस्पिटल एण्ड क्यान्सर सेन्टर जावलाखेल ललितपुरमा उपचार भइरहेको छ । ‘‘वैशाखमा स्तनमा गिर्खा आएपछि अस्पतालमा जचाउँदा डाक्टरले क्यान्सरको लक्षण देखाएका थिए,” सगुनले भन्नुभयो “ अहिलेसम्म आठ वटामध्ये चार वटा किमो चढाएर उपचार गरिएको छ । फेरि किमो चढाएपछि भक्तपुर जानुपर्छ भन्नुभएको छ । यती खर्च हुन्छ भनेर भन्नुभएको छैन ।’’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...