माओवादीको अभियानबाट धाइरीङमा विद्यालयको खानेपानी मर्मत

Gandaki Pardesh notice

बेनी, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको खानीगाउँमा नेकपा (माओवादी केन्द्र) का नेता–कार्यकर्ताले श्रमदान गरी खानेपानी मर्मत गरेका छन् ।

जनता सङ्ग माओवादी रुपान्तरण अभियान कार्यक्रम मार्फत देउराली आधारभूत विद्यालयमा आपुर्ति हुने खानेपानीको मुहान र पाइपलाईन मर्मत भएको हो । श्रमदान मार्फत एक वर्षपछि विद्यालयमा खानेपानी आपुर्ति गराइएको माओवादी केन्द्रको जलजला गाउँपालिका अध्यक्ष समेत रहेका गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो ।

Bhautik ministry notice about road

माओवादी केन्द्रका केन्द्रिय सदस्य बखानसिंह तमु, पालिका कमिटिका अध्यक्ष आचार्य, वडा अध्यक्ष टुंगनाथ शर्मा लगायतको सहभागितामा माओवादीका स्थानीय नेता कार्यकर्ताहरुले श्रमदान गर्नुभएको थियो । यसैगरी जनतासँग माओवादी अभियान अन्तरगत जलजला गाउँपालिकाको वडा नम्बर १ बाँसखर्कमा शनिबार भेटघाट र भेला भएको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...