फापरखेतको पहिरोमा वैकल्पिक सडक र बेलिब्रिज बनाउन अध्ययन

Gandaki Pardesh notice

पखेर (म्याग्दी), । म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडकको प्रमुख समस्या बनेको बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा रहेको फापरखेतको पहिरोको विकल्पमा वैकल्पिक सडक र म्याग्दी नदीमा बेलिब्रिज निर्माणका लागि प्रारम्भिक अध्ययन भएको छ ।

गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीको नेतृत्वमा पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेल सहित प्राविधिक र मंगला गाउँपालिका–३ का वडा अध्यक्ष यामबहादुर रोका लगायतको टोलीले शनिबार वैकल्पिक सडक र बेलिब्रिज निर्माणका लागि प्रस्तावित स्थानको अध्ययन गर्नुभएको हो ।

मंगला गाउँपालिकाको वडा नम्बर ३ पखेर लुलीयाघाट र वडा नम्बर २ मा पर्ने सिमलचौर जोड्ने म्याग्दी नदीमाथी बेलिब्रिज तथा पखेरदेखि लुलीयाघाट र सिमलचौरको मुल सडक जोड्ने करिब एक किलोमिटर वैकल्पिक सडक निर्माण गर्न निरिक्षण गर्नुभएको हो ।

Shreekrishna hardwear in news

करिब १८ वर्षअघि सडकको मार्ग खोल्नु अघि देखिकै पहिरो नरोकिदा धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजार जोड्ने बेनी–दरवाङ सडकमा बर्खा याममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

प्रस्तावित ठाउँका जग्गाधनीको सहमति जुटाएर प्राविधिक टोली मार्फत विस्तृत अध्ययन गरि चालु आर्थिक वर्षभित्रनै बेलिबिज र सडक निर्माण गर्ने तयारी गरेको मन्त्री जुग्जालीले जानकारी दिनुभयो ।

“दश दिनअघि पहिरो निरिक्षण गर्न आउनुभएका मुख्यमन्त्रीज्यूले चालु आर्थिक वर्षभित्रनै वेलिब्रिज बनाउने सार्वजनिक रुपमा गर्नुभएको घोषणा कार्यान्वयनका लागि मेरो नेतृत्वमा प्रारम्भिक अध्ययन भएको छ,” उहाँले भन्नुभयो “जग्गाधनीसँग सहमति जुटाउन पालिका र वडाका जनप्रतिनिधिहरुलाई जिम्मा दिएका छौ । लगत्तै विस्तृत अध्ययन गरेर पुल निर्माण गर्छौ ।”
संघीय सरकारको सडक विभागसँग समन्वय गरेर अन्यत्रको पुल स्थानान्तरण गर्ने नभए प्रदेश सरकारको स्रोतबाट भएपनि बेलिब्रिज बनाउने मुख्यमन्त्रीसँग छलफल भएको जुग्जालीले बताउनुभयो ।

सामान्य बर्षा हुने वित्तिकै खस्ने पहिरोले सडक पुरिएर सवारी आवत जावत बन्द हुने र ढुङ्गा खसिरहने साँघुरो सडकमा जोखिम मोलेर पहिरो पार गर्नुपर्ने समस्या रहेको छ । पहिरोबाट खसेको ढुङ्गाले चोट लागेर सवारी साधनमा क्षति पुग्ने र यात्रु घाइते हुने गरेका छन् ।

Bhautik ministry notice about road

फापरखेतको पहिरोमा रु. छ करोड भन्दा बढी लगानी भएपनि सफल नभएकाले लुलीयाघाट–सिम जोड्ने बेलिब्रिज बनाएर वैकल्पिक सडक सञ्चालन गर्न प्रस्ताव गरिएको मंगला गाउँपालिका–३ का वडा अध्यक्ष याम रोकाले बताउनुभयो । बेलिब्रिज निर्माणका लागि प्रस्तावित जग्गाका धनीहरु सकारात्मक रहेकाले उनिहरुसँग छिट्टै सहमति हुने उहाँले बताउनुभयो ।

सडक विभागले फापरखेत–पखेर जोड्ने १०५ मिटर लामो मोटरेबल पुल निर्माण गरिसकेको छ । त्यो पुल भन्दा करिब पाँच सय मिटर माथि बेलिब्रिज बनाउन लागिएको हो । फापरखेतमा करिब १५० मिटर सडक पहिरोग्रस्त छ । पाखो र भिरको बिचमा खनिएको सडक मुनी म्याग्दी नदी छ । सडक माथिको भिरमा गेगरै गेगर छ ।

खोल्सामा पर्ने सडक माथितर्फ पर्खाल बनाएर पहिरो रोक्ने प्रयास सफल भएको छैन् । म्याग्दी नदीको किनारमा बनाइएको पक्कि पर्खालले कटान रोकिएको छ । सडक देखि करिब दुई सय माथि र १५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले कालोपत्र सहित स्तरोन्नतिको आयोजना सञ्चालन गरेको २४ किलोमिटर दूरीको बेनी–दरबाङ सडकमा नियमित यातायात सञ्चालन गर्न फापरखेतको पहिरो मुख्य चुनौति बनेको छ । पहिरोप्रभावित क्षेत्रमा स्तरोन्नतिको काम रोकिएको र यातायात अवरुद्ध हुन नदिन डोजर तैनाथ राखेर पहिरो खस्दा वित्तिकै पन्छाउने गरिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख बिष्णुप्रसाद पौडेलले फापरखेतको पहिरोको भूगर्वविद्को टोलीमार्फत अध्ययनका साथै वैकल्पिक सडक र बेलिब्रिज निर्माणको कामलाई सँगसँगै अघि बढाउन लागिएको बताउनुभयो ।

“पहिरोको अध्ययन प्रतिवेदन र लाभ लागतको तुलना गरि वैकल्पिक सडक र बेलिब्रिज बनाउने तयारीमा छौ,” उहाँले भन्नुभयो “लुलीयाघाट र सिमलचौर जोड्ने झोलुङ्गे पुल मुनी करिब ५० देखि ६० मिटर लामो बेलिब्रिज बनाउन सकिने प्रारम्भिक अध्ययन गर्दा निष्कर्ष निकालेका छौ ।”

बेलिब्रिजको लुलीयाघाट नजिकैसम्म सडकको मार्ग पुगेको र सिमलचौरतर्फ करिब १०० मिटर मार्ग खोलेर स्तरोन्नति गरेर बेनी–दरवाङ सडकमा जोड्न सकिने पौडेलले बताउनुभयो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...