शदरयामको धवलागिरी आरोहण शुुरु

Add Samajik bikash office

बेनी, ः चालु शरदयाममा म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहण शुरु भएको छ ।
सेभेन समिट टे«क्सका शेर्पाहरुले धवलागिरी हिमालको आधार शिविर देखि चुचुरो सम्म पुग्ने बाटो खोलेपछि शुक्रबारदेखि आरोहण शुरु भएको हो । शुक्रबार चार जना विदेशी सहित १३ जनाले धवलागिरीको सफल आरोहण गरेको सेभेन समिट ट्रेकका शेर्पा मिङमा शेर्पाले बताउनुभयो ।

रुसका एलिना पेकोवा, फ्रान्सका कलास्डेयर म्याकेन्जी, आइसल्याण्डका होस्कुडर होड्डी र ब्राजीलका मोसेस फियामोन्सिनीले आठ हजार १६७ मिटर अग्लो धवलागिरीको सफल आरोहण गर्नुभएको शेर्पाले जानकारी दिनुभयो । सो टोलीमा रहनुभएका निमा रिन्जी शेर्पा, तेन्जेन शेर्पा (लामा), मिङतेम्बा शेर्पा, पासाङ नुर्वु शेर्पा, पासाङ दावा शेर्पा, नाङबा शेर्पा, मिङमा नुुरवु शेर्पा र पेम्बा दोर्ची शेर्पा पनि धवलागिरीको चुुचुरोमा पुग्नुभएको छ ।

संसारको सातौँ अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विभिन्न टे«कीङ कम्पनी मार्फत चार वटा समूहका १२ जना पुरुष र ११ जना महिला पर्वतारोहीले धवलागिरी हिमाल आरोहणका लागि अनुमति लिएका पर्यटन विभागले जनाएको छ ।

Shreekrishna hardwear in news

विभागका अनुसार धवलागिरी हिमाल आरोहणको अनुमति लिएका अरोहीहरुबाट रु. २७ लाख ४३ हजार ५१५ रोयल्टी (सलामी दस्तुर) प्राप्त भएको छ । गत वसन्त याममा चार वटा समूहका १२ जना महिला सहित ३७ जनाले धवलागिरी हिमाल आरोहण गर्दा रु. ८६ लाख २४ हजार ३३० शूल्क संकलन भएको थियो ।

Bhautik ministry notice about road

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका धवलागिरी गाउँपालिका–४ का वडा सदस्य हरिप्रसाद तिलिजाले बताउनुभयो । पर्यटन विभागले शुक्रबार जारी गरेको विवरण अनुसार चालु यामका लागि नेपालका २६ वटा हिमाल आरोहण गर्न ५१ वटा देशका ४३६ जनाले अनुमति लिएका छन् ।

उनिहरुबाट रु. चार करोड दश लाख १४ हजार ७९७ रोयल्टी प्राप्त भएको छ । वसन्त याममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार १७६ जनाले रु. ७६ करोड ५७ लाख ५८ हजार तीन शूल्क तिरेका विभागले जनाएको छ ।

शरदामा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ ।

शरद याममा सबैभन्दा बढी गोरखामा रहेको आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमाल आरोहण गर्न २६ वटा समूहका ३०१ जनाले अनुमति लिएका पर्यटन विभागले जनाएको छ । मनास्लु पछि धेरै आरोहणको अनुमति लिएको हिमाल धवलागिरी हो ।

हिमचुली १४ जना, आमदब्लाम हिमाल १० जना, टुकुचे पिक र बरुण हिमाल आठ÷आठ जना, खयाङ ६ जना, पुथा, कुम्बकर्ण, लिङटे«न, चोयु हिमाल आरोहण गर्न पाँच÷पाँच जनाले अनुमति लिएका छन् ।

Gandaki dadelo notice
प्रतिक्रिया दिनुहोस
Loading...