जलजलाको भवानीपानीमा सेनाले हेलिप्याड बनायो

Gandaki Kotihome

बेनी, । पर्वतको जलजला गाउँपालिका–४ भवानीपानीमा नेपाली सेनाले हेलिप्याड बनाएको छ ।

नयाँ रणभिम गुल्मको जनशक्ति व्यवस्थापन, वडा कार्यालयको समन्वय र स्थानीयबासीको सहकार्यमा निर्माण भएको हेलिप्याड शुक्रबार हस्तान्तरण गरिएको छ । विपद्, आपतकालिन अवस्था र आकस्मिक रुपमा उद्धार कार्यका लागि हेलिप्याड निर्माण गरिएको वडा अध्यक्ष भरत खत्रीले जानकारी दिनुभयो ।

Notice about ban dadalo

१२ मिटर डायामिटर रहेको हेलिप्याडमा ठूला, मझौला र साना हेलिकप्टरहरु अवतरण गर्न सक्ने नेपाली सेनाले जनाएको छ । हेलिप्याडको नजिकै मल्लाज–लेकफाँट सडक रहेको छ ।

Shreekrishna hardwear in news

नेपाली सेनाको २३ नम्बर बाहिनी अड्डाका बाहिनी पति रहायक रथी रोशन खड्काले नागरिक सैनिक सहकार्य कार्यक्रम मार्फत हरेक वर्ष एक वटा युनिटले जोडी हेलिप्याड बनाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...