महभिरमा पहिरोले दुई वटा घर भत्कियो

Gandaki Pardesh notice

बेनी, म्याग्दीको मालिका गाउँपालिका –४, महभिरस्थितमा पहिरोले दुई घर भत्किएको छ । बुधबार बिहान बस्तीमाथिको सिद्धथान भिरबाट खसेको पहिरोले महभिरको ओडारबोटका काले कामी र रविलाल घर्तीको घर पुरेको जनप्रतिनिधिले जानकारी दिएका छन् ।
वडा सदस्य गर्भे गुरुङका अनुसार पहिरोले कामीको एक तले र घर्तीको दुईतले पक्की ढुङ्गे घरमा पूर्ण क्षति भएको छ । “मानवीय क्षति भएको छैन । विस्थापित आफन्तकोमा आश्रय लिएर बसेका छन्,” उहाँले भन्नुभयो “घर्तीको गोठमा बाँधिएका एक गोरु र एक राँगो पहिरोमा पुरिएको छ ।”

Bhautik ministry notice about road

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा, वडा अध्यक्ष भेजेन्द्रमान पुनलगायत जनप्रतिनिधि र इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको टोलीले स्थलगत निरीक्षण गर्नुभएको छ । पहिरोले महभिरका १६ घर जोखिममा परेका छन् । गाउँपालिका र वडाले पहिरो पीडित तथा जोखिममा रहेका घरपरिवारलाई व्यवस्थापनको काम भैरहेको जनाएका छन् ।

पहिरोले करिब रु. दश लाख बराबरको आर्थिक क्षति पुगेको वडा सदस्य गुरुङले बताउनुभयो । कमजोर र भिरालो भूगोलका कारण पहिरो गएको स्थानीयवासीले बताएका छन् । सो ठाउँमा गत वर्षको हिउँदमा पनि सुख्खा पहिरो खसेको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...