बेनीमा पर्यटन दिवस मनाइयो

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी, । ४४ औ विश्व पर्यटन दिवस बुधबार बेनीमा पनि मनाइएको छ ।

पर्यटन तथा उद्योग कार्यालय म्याग्दीको आयोजनामा बेनी बजारमा प्रभातफेरी कार्यक्रम गरेर दिवस मनाईएको हो । नेवारी बाजा र झाँकी सहितको ¥यालीले बेनी बजार परिक्रमा गरेको थियो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

जनप्रतिनिधि, सरकारी कार्यालय, गैरसरकारी संस्थाका प्रतिनिधि, टेलरिङ ब्यवसायी, म्याग्दी होटल तथा रेष्टुरेण्ट संघ र मंगला आमा समुह लगायतको ¥यालीमा सहभागितामा प्रभातफेरी गरिएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले बताउनुभयो ।

Shreekrishna

जिल्ला प्रशासन कार्यालय अगाडीको बिरेन्द्र चोकबाट शुरु भएको ¥याली हुलाकचोक, न्युरोड, क्याम्पसचोक, गणेशटोल, संगमचोक, बालमन्दिरचोक हुदै सोही ठाउँमा पुगेर समापन भएको थियो ।

जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योती लामिछाने लगायत जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल लगायतको सहभागिता रहेको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...