प्रहरी दिवसको अवसरमा जग्गादाता र सहयोगीलाई सम्मान

Gandaki Pardesh notice

उत्कृष्ट कार्यसम्पादन गर्ने १२ जना प्रहरी कर्मचारी पुरस्कृत

बेनी । ६५ औ प्रहरी दिवसको अवसरमा शुक्रबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले जग्गादाता, बिपद् ब्यवस्थापन, कोरोना र विकृति न्युनीकरणमा सहयोग गर्ने व्यक्ति तथा संघ संस्थाहरुलाई सम्मान गरेको छ ।

दिवसकै अवसरमा म्याग्दीमा कार्यरत १२ जना प्रहरी कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो । जिल्ला प्रहरी कार्यालयमा आयोजित समारोहमा सम्मान तथा पुरस्कार बितरण गरिएको हो ।

Shreekrishna hardwear in news

कदरपत्रद्धारा सम्मानित हुनेमा मौवाफाँट प्रहरी चौकीको भवन निर्माणका लागि निशूल्क जग्गा उपलब्ध गराउनुभएका रघुगंगा गाउँपालिका–३ का तारानाथ शर्मा र बिरबहादुर बिक रहनुभएको छ । शर्माले दिनुभएको डेढ रोपनी र बिकले दिनुभएको २४ आना गरि तीन रोपनी जग्गामा प्रहरी चौकीको भवन निर्माण पनि सुरु भएको छ ।

यसैगरी बेनी–जोमसोम सडकमा यातायात ब्यवस्थापन र अलपत्र यात्रुको उद्धारमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचन, कोरोना रोकथाम, विपद् ब्यवस्थापन लगायत काममा अग्रभागमा खटेर काम गरिरहनुभएका रेडक्रसकर्मी सुरत केसी, निर्माण ब्यवसायी महासंघ म्याग्दीका अध्यक्ष नारायण जिसी पनि कदरपत्रद्धारा सम्मानित हुनुभएको छ ।

गत माघमा खोपाराबाट हराएका नेपाली पर्यटकको खोज्न प्रहरीलाई सहयोग गर्नुभएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका कृष्ण थजाली, सुपिन पुर्जा, स्वयमसेवक परिचालनमा नेतृत्व गर्ने नेपाल युथ काउन्सीलका अध्यक्ष छबी आचार्य र स्वमसेवक बरंजाका हरि कडेललाई पनि सम्मान गरिएको छ ।

Bhautik ministry notice about road

पुरस्कृत हुने प्रहरी कर्मचारीहरुमा प्रहरी नायव निरिक्षक चेतनाथ चपाई, रघुनाथ जैसी, तिलक मानन्धर, रामु थकाली, प्रहरी हवल्दार भिमबहादुर छन्त्याल, पदमबहादुर थापा, गण्डकी प्रदेश प्रहरी कार्यालयबाट पुरस्कृत हुन सफल जवान देवान थापा, प्रकाश तिमिल्सीना, उज्वल पौडेल, शिव श्रेष्ठ, शर्मला बुढामगर र कार्यालय सहयोगी चाउरे बुढा रहनुभएको छ ।

कार्यक्रममा प्रहरी महानिरिक्षक शैलेन्द्र थापा क्षेत्रीको शुभकामना सन्देश बाचन गरेर सुनाउनुका साथै अमर प्रहरीको शालिकमा पुष्पगुच्छा र सलामी अर्पण गरेर सम्मान ब्यक्त गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले अपराध अनुसन्धान, नियन्त्रण, सामाजिक न्याय स्थापना, विपद् ब्यवस्थापनमा नेपाल प्रहरीले खेलेको भूमिकाको पंशसा गर्दै जनताको विश्वास र आशाको केन्द्रबिन्दु भएर काम गर्न सुझाव दिनुभयो ।


समाजमा कानुनको शासन, शान्ति सुरक्षा, अमनचयन गर्न उच्च आत्मबल र आचरणयुक्त ब्यवहार गर्न सुझाव दिनुभयो । प्रहरी नायव उपरिक्षक किरणजंङ्ग कुँवरको अध्यक्षता, प्रहरी निरिक्षक धु्रबप्रसाद शर्माको सञ्चालन र डाक्टरप्रसाद चौधरीको स्वागतमा सम्पन्न कार्यक्रममा पुर्व प्रहरी संगठन म्याग्दीका अध्यक्ष रामकुमार श्रेष्ठ र पत्रकार महासंघ म्याग्दीका सचिव गोरखनाथ सुवेदीले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...