बेनीको कालीपुल पारी फेरी पहिरो खस्यो

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–८ कालीपुल बस्ती पारी जलजला गाउँपालिकाको माटेपानी भिरमा मंगलबार दिउँसो पहिरो खसेको छ ।

कालीगण्डकी नदी किनारमा रहेको कालीपुल बस्तीलाई पर्वतको जलजला गाउँपालिका– ३ माटेपानीको भिरबाट खसेको पहिरोले जोखिम र त्रास सिर्जना गरेको हो ।

Bhautik ministry notice about road

एक्कासी मल्लाजको भिरबाट खसेको पहिरोले कालीपुलबासीलाई त्रसित बनाएको कालीपुल युनाईटेड युवा क्लवका सल्लाहकार मनोज गौचनले बताउनुभयो । पहिरोले क्षति नपु¥याएपनि फेरी खस्ने होकी त्रास बढाएको कालीपुल गण्डकी होटल रेष्टुरेण्ट एण्ड ¥याफटीङ्गका संचालक गम पुनले बताउनुभयो ।

Shreekrishna hardwear in news

उहाँले पहिरोले खानेपानीको पाईपमा क्षति भएको उल्लेख गर्दै थप क्षति हुनबाट जोगाउन पहिरोको अध्ययन गर्न अनुरोध गर्नुभएको छ । कालीगण्डकी नदीमा भिरबाट खस्ने पहिरोले कालीगण्डकी नदीको छाल आएर असर गर्ने रे नदीले धार परिर्वतन गर्ने जोखिम बढाएको छ ।

बेलाबेलामा पहिरो खस्ने क्रम नरोकिएको र थप जोखिम रहेकाले पुरानो कालीपुल बजारका ३० घरहरु जोखिममा छन् । दूईबर्ष अघि २०७८ भदौँ १४ गते अहिल्य खसेको नजिकैबाट कालीगण्डकी नदीमा पहिरो खस्दा कालीपुल बस्तीमा पानीको छालले आठ घरमा क्षति पु¥याएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...