सिंगाका दिननाथले व्यक्तिगत खर्चमा प्रतिक्षालय बनाए

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाका एक व्यक्तिले दिवंगत अभिभावकको स्मृतिमा रु. २१ लख भन्दा बढी खर्च गरेर प्रतिक्षालय बनाउनु भएको छ ।

सिंगा घर भई हाल तारकेश्वर नगरपालिका–१० मनमैजुमा बसोबास गर्दै आउनुभएका ७१ बर्षिय दीनानाथ पौडेलले आफ्नो दिवंगत बुबा आमा विष्णुदत्त र हरिकला देवी पौडेलको स्मृतिमा रु २१ लाख ११ हजार ५५५ लगानीमा पक्की प्रतिक्षालय निर्माण गर्नुभएको हो ।

काठमाडौँमा बसोबास रहेपनि गाउँको विकास निर्माण र सामाजिक कार्यमा सक्रिय रहनुभएका पौडेलले बेनी–दरबाङ सडकखण्ड र सिंगाको वडा कार्यालय जाने पौडेलचोकमा पक्की प्रतिक्षालय निर्माण गर्नुभएको वडा अध्यक्ष अणबहादुर खड्काले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news

स्थानीय धौलागिरि माध्यमिक विद्यालयमा रु १ लाख २५ हजार सहयोग गर्नुभएका पौडेलले युवा क्लब, आमा समूह, लगायतका स्थानीय संघ संस्थाहरुसंग समन्वय गरि सामाजिक र विकास निर्माण योजनाहरुमा निरन्तर सहकार्य गर्दै आउनुभएको वडा अध्यक्ष खड्काले बताउनुभयो ।

Bhautik ministry notice about road

प्रतिक्षालय निर्माण भएपछि बेनी–दरबाङ सडकखण्डमा आवत जावत गर्ने यात्रु र पैदलयात्रीहरुलाई थकान विसाउन सहज भएको छ । त्यसैगरि वडा कार्यालय र धौलागिरी माध्यमिक विद्यालय जाने चोकैमा प्रतिक्षालय रहेकाले स्थानीयबासीलाई समेत जमघट गर्न र छलफल गर्न प्रतिक्षालय सहयोगी बनेको छ ।

जन्मथलोको सामाजिक कार्यलाई निरन्तरता दिने सिलसिलामा आफुले आफ्नै जग्गामा उक्त सार्वजनिक प्रतिक्षालय बनाएको निर्माणकर्ता पौडेलले बताउनुभयो । प्रतिक्षालयमा आउनेहरुलाई शुद्ध खानेपानीको समेत प्रवन्ध मिलाईएको छ ।

‘‘काठमाडौँ बसोबास भएपनि मैले जन्मथलो छाडेको छैन, यहाँ निरन्तर आइरहन्छु, यहाँको सामाजिक कार्यहरुसंग निरन्तर जोडिएको छु, प्रतिक्षालय भवनले यात्रु र यात्री संगै सर्वसाधारणलाई थकान मेटाउने उपयुक्त चौतारी हुने मेरो विश्वास छ ’’–उहाँले भन्नुभयो । यसैचिब उक्त प्रतिक्षालय भवनको मंगलवार गण्डकी प्रदेश सभा सदस्य हरि बहादुर भण्डारीले उद्घाटन गर्नुभएको छ ।

प्रतिक्षालयको उद्घाटन गर्दै प्रदेश सभा सदस्य भण्डारीले व्यक्तिगत रुपमा लाखाँै लगानी गरेर विकास निर्माणमा सघाएकोमा पोडेल परिवारलाई धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले विकास निर्माणमा सरकार र समुदायको साझेदारीले उपलब्धी हाँसिल गर्न सकिनेमा जोड दिनुभयो । कार्यक्रममा स्थानीय युवा क्लव, आमा समूह र स्थानीयबासीले प्रतिक्षालय निर्माणकर्ता पौडेललाई सम्मान समेत गरेका थिए । पौडेल जनसाँस्कृतिक महासंघको केन्द्रिय सदस्य समेत हुनुहुन्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...