धवलागिरीमा आरोही आउन थाले

Gandaki Pardesh notice

बेनी, ः म्याग्दीमा रहेको धवलागिरी हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् ।

संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेका हुन् ।

शरद्कालीन याममा आठ के टे«क्सबाट हिमाल चढ्ने अनुमति लिएका तीन जना आरोही र सहयोगीहरु धैलागिरी आधार शिविर पुगेका उनिहरुको सामान पु¥याएर फर्कनुभएका म्याग्दी दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताउनुभयो ।

Shreekrishna hardwear in news

“आरोहीहरु हेलिकप्टरबाट गएका थिए,” उहाँले भन्नुभयो “हामीले मुस्ताङको मार्फाबाट १०५ वटा खच्चरमा आरोहण टोलीको सामान बेस क्याम्प पु¥याएर फर्कियौ ।” इलाईट र सेभेन समिट टे«कबाट पनि शरदयाममा थप आरोहीहरु धवलागिरिमा आउन लागेका आरोहीको व्यवस्थापन गर्दै आउनुभएका शेरचनले बताउनुभयो ।

Bhautik ministry notice about road

पर्यटन विभागका अनुसार चालु शरदयाममा धवलागिरी हिमाल आरोहणका लागि हालसम्म एउटा समूहका १० जनाले अनुमति लिएका छन् । पाँच÷पाँच जना पुरुष र महिला आरोहीले रु. ११ लाख ९२ हजार ५० राजस्व तिरेका विभागले वेभसाइटमा सार्वजनिक गरेको छ ।

विभागका अनुसार चालु यामका लागि नेपालका दश वटा हिमाल आरोहण गर्न ४७ देशका ३५ वटा समूहमा ३३९ जनाले अनुमति लिएका छन् । उनिहरुबाट रु. तीन करोड ६४ लाख ९९ हजार ५७७ आरोहण शूल्क संकलन भएको छ ।

गत याममा चार वाट समूहका १२ जना महिला सहित ३७ जनाले धवलागिरी हिमाल आरोहण गर्दा रु. ८६ लाख २४ हजार ३३० शूल्क संकलन भएको थियो । वसन्त याममा म्याग्दीमा रहेको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका ५ वटा समूहका ५४ जनाले रु. एक करोड चार लाख २६ हजार ४१० शूल्क तिरेका पर्यटन विभागको अभिलेखमा उल्लेख छ ।

शरद यामका लागि अन्नपूर्ण आरोहणका लागि कसैले अनुमति लिएका छैनन् । वसन्त याममा नेपालका २८ वटा हिमाल आरोहण गरेका एक हजार १७६ जनाले रु. ७६ करोड ५७ लाख ५८ हजार तीन शूल्क तिरेका विभागले जनाएको छ ।

शरदाममा सगरमाथाबाहेक आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न चाहने विदेशीले सलामी दस्तुर प्रतिआरोही ९०० डलर तिर्नुपर्छ । अन्य साना हिमालका लागि न्यूनतम १२५ देखि अधिकतम ४०० सम्म सलामी दस्तुर तिर्नुपर्छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...