इनास अमेरिकाको अध्यक्षमा राहुल

Gandaki Pardesh notice

बेनी, । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास ) अमेरिकाको अध्यक्षमा राहुल केसी चयन हुनुभएको छ ।

सेप्टेम्बर २४ का दिन आइतबार भएको राष्ट्रिय अधिवेसनमा केसी २०२३–२०२५ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उहाँ अघिल्लो कार्यकालमा महासचिव हुनुहुन्थ्यो । समितिको वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, द्वितीय उपाध्यक्ष रिता श्रेष्ठ र उपाध्यक्षमा अंकुश नेपाल, महासचिवमा प्रकाश नेपाल, कोषाध्यक्षमा दिनेश कार्की र कोषाध्यक्षमा मनिष शर्मा चयन हुनुभएको छ ।

समितिको सदस्य तथा प्रवक्तामा गोपाल चन्द्र लामिछाने, अनिल तिमिल्सिना, अरुण कार्की, गोपाल अधिकारी, अमित लामा तथा बिश्व पौडेल सदस्यमा निर्वाचित हुनुभएको छ । डा. श्याम कार्की र मोनाका अन्तर्राष्ट्रिय अध्यक्ष अमर छन्त्याललाई ईनास अमेरिकाको सल्लाहकारमा मनोनित गरिएको छ ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

केन्टकी राज्य समितिमा गोपाल नेपाल (फिस्टे), मेरिल्याण्डमा लक्ष्मण पौडल, भर्जिनियामा अर्जुन घिमिरे अध्यक्ष चयन हुनुभएको छ । प्रेम राजा महत, अनु वन्त, सुवोध विलास पन्थ, कन्हैया सिंह र सृजन ताम्राकारलाई संरक्षकमा मनोनित गरिएको छ ।

इसान अन्तराष्ट्रिय उपाध्यक्ष सबु गदाल कार्की तथा मेरिल्याण्डका नेपाली मुलका विधान सभा सदस्य डा. ह्यारी भण्डारीले अधिवेशनको उद्घाटन गर्दै प्रवासमा रहेका नेपाली कलाकारहरुले मिलेर काम गर्नुपर्ने बताउनुभयो । सभाषद् भण्डारीले मेरिल्याण्डमा नेपाली समुदायको लागि दशैमा विदा हुने व्यवस्था मिलाएको बताउनुभयो ।

कार्यक्रममा गायिका प्रविशा अधिकारी, रजतपट कार्यक्रमका सञ्चालक प्रकाश सुवेदी, गायक तुलसी पराजुली, नायक रमेश उप्रेतिलाई सम्मान गरिएको थियो । इनान अमेरिकाका पुर्व पदाधीकारी कृष्ण श्रेष्ठले संस्था स्थापनाको इतिहाँसको बारेमा जानकारी गराउनुभएको थियो । लक्ष्मण पौडेलको टोलीले वाद्यबाधन प्रस्तुत गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...