पश्चिम नेपालको सेवा केन्द्र स्तरीय साधारणसभा

Gandaki Pardesh notice

बेनी, । मालिका गाउँपालिकाको केन्द्र दरवाङमा प्रधान कार्यालय रहेको म्याग्दीको पश्चिम नेपाल बचत तथा ऋण सहकारी संस्थाले सेवा केन्द्र स्तरीय साधारणसभा सम्पन्न गरेको छ ।

शुक्रबार र शनिबार ताकम, बाबियाचौर, दरवाङ, तातोपानी, वारीबेनी, भगवती र पोखरेबगर सेवा केन्द्र स्तरीय साधारणसभा भएको हो । सेवा केन्द्र स्तरीय साधारणसभा सकेको सहकारीले असोज १३ गते बेनीमा १६ औ साधारणसभाको तयारी गरेको छ ।

आर्थिक वर्ष २०७९÷०८० सम्ममा छ हजार १२२ जनाको रु. १२ करोड ९५ लाख १८ हजार २०० सेयर पुँजी रहेको सहकारीले गत आर्थिक वर्षमा रु. ६६ करोड ३७ लाख ९७ हजार १७ रुपैयाँ निक्षेप संकलन गरेको छ । रु. ७४ करोड चार लाख ७६ हजार ६८६ लगानी गरेको संस्थाले रु. एक करोड ५९ लाख ५६ हजार ८२३ आम्दानी गरेको अध्यक्ष भिमप्रसाद गौतमले जानकारी दिनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

चालु आर्थिक वर्षको भदौ मसान्तसम्म रु. ७१ करोड ४४ लाख ६४ हजार ४२८ लगानी र रु. ६४ करोड ८३ लाख सात हजार १८५ बचत संकलन गरेको सहकारीको तरलता प्रतिशत २७.७१ रहेको सहकारीका मुख्य व्यवस्थापक प्रेमलाल कडेलले बताउनुभयो ।

दरवाङ, पश्चिम म्याग्दी, कामना, सिंगा उपभोक्ता, शिख बहुउद्देश्यीय, बाबियाचौर बहुउद्देश्यीय, फुलबारी, प्रभु र पर्वत बेनीको नवकालिगण्डकी वचत तथा ऋण सहकारी संस्था एकिकरण भएर बनेको संस्थाको प्रधान कार्यालय मालिका गाउँपालिका–६ दरवाङमा छ ।

धवलागिरीको ताकम, मंगलाको बाबियाचौर, बेनी, रघुगंगाको भगवति, अन्नपूर्णको पोखरेबगर र जलजलाको पर्वत बेनीमा सदस्य सेवा केन्द्र छन् । वि.स. २०६४ मा दरवाङ बजारमा २७ जनाले रु. एक÷एक सय सेयरबाट सहकारी शुरु गरेका थिए ।

समान उद्देश्य भएका सहकारी संस्थालाई गाभ्ने नीति लिएको पश्चिम नेपालले गण्डकी प्रदेशको नमुना सहकारी बनाउने लक्ष्य सहित न्युन आय भएका सदस्यहरुको जिवनस्तर उकास्न दूध तथा मासुजन्य कर्जाको कार्यक्रम सञ्चालन गरेको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...