पहिरोमा पुरिएर रुमको बेलीका एक जनाको मृत्यु

Gandaki Pardesh notice

बेनी, बाटोमा हिडिरहेको अवस्थामा खसेको पहिरोमा पुरिएर म्याग्दीको मालिका गाउँपालिमा सोमबार एक जनाको ज्यान गएको छ ।

Bhautik ministry notice about road

गोठका गाईबस्तुलाई घाँस दिएर घर फर्कने क्रममा जेमखोला नजिकै खसेको पहिरोमा पुरिएर मालिका–२ बेली गाउँका ५० वर्षीय तिर्थबहादुर बिकको मृत्यु भएको वडा अध्यक्ष उदय बुढाथोकीले बताए ।

‘बिहान पौने ८ बजेतिर हिडिरहेको अवस्थामा पहिरो खसेर पुरिएको खबर पाएपछि खोजीमा जुटेका थियौ,’ उनले भने ‘डोजर परिचालन गरेर पहिरोबाट शव निकालेका छौ ।’

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...