मोनाको अध्यक्षमा मिम पूर्जाको उम्मेदवारी घोषणा

Gandaki Ghumau

बेनी, । म्याग्दी प्रवासी नेपाली संघ (मोना)को अन्र्तराष्ट्रिय कार्यकारी समितिको आसन्न पाँचौं महाधिवेशनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष मिम पूर्जाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

मंगला गाउँपालिका–३ बरंजा घर भई हाल नेदरल्याण्डमा ब्यवसाय गदैं आएका पूर्जाले हालै सम्पन्न भएको मोना क्रोयसियाको अधिवेशनमा आगामी असोज २६–२८(अक्टोवर १३–१५)सम्म बेनीमा हुने महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

मोना आइसीका निर्वतमान बरिष्ठ उपाध्यक्ष एवम् पूर्व महासचिव रहेका पूर्जाले चौथौ महाधिवेशनमा सहमतिका लागि अध्यक्ष पद छोडेको बताउँदै यसपटक अध्यक्षमा उम्मेदवारी घोषणासँगै अभियानमा जुटेको बताउनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

‘मोनाको अभियानलाई फैलाउन निरन्तर अभियानमा छु,’ उहाँले भन्नुभयो ’संस्थामा सबैको सहभागिता र अपनत्व सिर्जना गरेर यो अभियानलाई पूर्णता दिनेछु ।’ पूर्जाले आफ्नो दुई वर्षे कार्यकालमा संसारभर बाँकी रहेका देशमा मोनाको सञ्जाल विस्तार गर्ने, मोनाको कोष तथा संस्थागत गतिविधिलाई थप प्रभावकारी बनाउने, राष्ट्रिय कार्यकारी समितिलाई थप बलियो बनाउने र म्याग्दीमा स्थानीय तहसँग सहकार्य गरी मोनामार्फत काम गर्ने बताउनुभयो ।

मोना नेदरल्याण्डका संंस्थापक सदस्य समेत रहेका पूर्जा एनआरएनए नेदरल्याण्डको निर्वतमान अध्यक्ष समेत हुन् । नेदरल्याण्डका सफल नेपाली ब्यवसायी पूर्जाले म्याग्दीमा विभिन्न संघसंस्थामार्फत सामाजिक कार्यमा समेत सहयोग गर्ने गरेका छन् ।

मोनाको अध्यक्षमा यसअघि वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष दधीवल खड्काले उमेद्वारी घोषणा गर्नुभएको थियो । अन्नपूर्ण गाउँपालिका ६ घारका खड्का हाल जापानमा व्यवसाय गर्नुहुन्छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...