सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान

Gandaki Pardesh notice

बेनी, । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई परामर्श सेवा तथा भाषा शिक्षण प्रदान गर्दै आइरहेको स्टुडेण्ट भाइस र सामाजिक संस्था रेखा मेमोरियल ट्रष्टले म्याग्दी जिल्लाबाट माध्यामिक शिक्षा परीक्षा (एसइइ) का सर्वोत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ ।
म्याग्दी सामुदायिक पुस्तकालयमा शनिबार एसइइमा ४ जिपिए ल्याउने प्रकाश माविका समिर सुबेदी र कक्षा १२ मा ३.६६ जिपिए प्राप्त गरी सामुदायिक तथा संस्थागत विद्यालय तर्फ धौलागिरी मै सर्बोकृष्ट (प्रथम) भएका बेनी सामुदायिक माविका हिमाल आचार्यलाई नगद रु. १० हजार सहित सम्मान गरिएको छ ।

Bhautik ministry notice about road


जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा, प्रतिभा मावि पोखराका प्राचार्य किरण सापकोटा र रेखा मेमोरियल ट्रष्टका सल्लाहकार तेजेन्द्र कार्कीले सम्मान गर्नुभएको थियो । जिसस प्रमुख थापाले उच्च शिक्षापछि बैदेशिक गन्तब्य बनाउने होडबाट विद्यार्थी पछाडी हट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रतिभा माविका प्रअ सापकोटाले लक्ष्य प्राप्तीका लागि विद्यार्थीले निरन्तर मेहनत गर्नुपर्ने बताउनुभयो । सोही अवसरमा म्याग्दी सामुदायिक पुस्तकालयका अध्यक्ष अम्बिक श्रेष्ठ, निर्वतमान अध्यक्ष सन्तोष रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो । नेपाल र अष्ट्रेलियाबाट एकसाथ शैक्ष्कि परामर्श दिइरहेको स्टुडेण्ट भाइसका निर्देशक बद्री बरुवाल अध्यक्ष रहेको रेखा मेमोरियल ट्रष्टमार्फत म्याग्दी र विभिन्न जिल्लामा भइरहेको सामाजिक कार्यका बारेमा समेत प्रस्तुत गरिएको थियो ।

Shreekrishna hardwear in news


स्टुडेण्ट भाइस र ट्रष्टले आगामी बर्ष समेत उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने संस्थापक बरुवालले बताउनुभयो । उहाँले विपन्नको उपचार, उच्च शिक्षा तथा अन्य सामाजिक एवम् मानवीय सेवामा निरन्तर सहयोग गर्ने बताउनुभयो । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको नेतृत्व तथा ब्यक्तित्व विकास सहितका शैक्षिक गतिविधिमा समेत सहयोग गर्ने गरी सरोकारवाला निकायसँग सहकार्य गर्ने जनाएको छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...