काठमाडौमा ग्यास सिलिण्डर बिस्फोट हुदा म्याग्दीका केसी घाइते

Gandaki Pardesh notice

बेनी, २९ असोज । काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा बिहीबार दिउँसो ग्यास सिलिण्डर बिस्फोट हुँदा म्याग्दीका चन्द्रकुमार केसी सहित ११ जना घाइते भएका छन् ।

दिवंगत श्रीमानको काजक्रियामा बसेकी निलकुमारी क्षेत्रीको घरमा ग्याँस बाल्ने क्रममा बिस्फोट भएको थियो । किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा २ वटा सिलिण्डर बिस्फोट भएको हो ।

Bhautik ministry notice about road

किरिया बसेका निरकुमारी र उहाँका छोरा संकल्प सहित बिस्फोटमा परि किरीयापुत्री भेट्नका लागि काठमाडौ जानुभएका बेनीका चन्द्रकुमार केसी, बाबियाचौरका नरसिंह केसी लगायत घाइते हुनुभएको छ । केसीको खुट्टा फ्याक्चर भएको छ । नरसिंह केसीको ढाडमा चोट लागेको छ । उपचार गराइरहनुभएका उहाँहरु खतरामुक्त भएको आफन्तले बताएका छन् ।

Shreekrishna hardwear in news

प्रहरीका अनुसार सो बिस्फोटबाट ११ जना घाइते भएका काठमाडौका सञ्चार माध्यमहरुको समाचारमा उल्लेख छ । क्षत्रीको घरमा पूर्णरुपमा क्षति पुगेको छ । छिमेकीको घरमा समेत क्षति भएको छ । तीन सय मिटर टाढा रहेका मानिसहरुलाई समेत चोट लागेर घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि मनमोहन र शिक्षण अस्पताल लगिएको छ । घरधनी निरकुमारीका श्रीमान कृष्णबहादुर केसीको असोज २७ गते निधन भएको थियो । खत्री परिवार बाबियाचौरबाट बसाइसराई गरेर काठमाडौ गएका थिए ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...