महारानी क्षेत्र विकास समितिको नयाँ नेतृत्व चयन

Gandaki Pardesh notice

बेनी, । बेनी नगरपालिका–७ मा रहेको महारानी क्षेत्र विकास समितिको शनिबार सम्पन्न पाँचौ साधारणसभा तथा चौथो अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ ।

ऐतिहासिक धार्मिक पर्यटकीय स्थल महारानी थानको विकास तथा व्यवस्थापन गर्ने उद्देश्यले स्थापित समितिको अधिवेशनबाट चन्द्रबहादुर खत्रीको अध्यक्षतामा कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा विक्रम श्रेष्ठ, सचिवमा प्रेमबहादुर घिमिरे, कोषाध्यक्षमा अन्जु मल्ल कटुवाल र सहसचिवमा उमा रिजाल चयन हुनुभएको छ ।

सदस्यहरुमा प्रकाश बानियाँ, पुष्पा खड्का थापा, सुन्दर श्रेष्ठ, अर्जुन पौडेल, सुन्दर केसी, पूर्ण जिसी, सम्झना केसी, भिमकुमारी भण्डारी र महेन्द्र श्रेष्ठ रहनुभएको छ । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य विमला गौचनले म्याग्दी जिल्लामा रहेका धार्मिक स्थलहरुको संरक्षण र प्रवर्धनका लागि पहल गर्ने बताउनुभयो ।

Shreekrishna hardwear in news
Bhautik ministry notice about road

धार्मिक स्थलहरुको ऐतिहाँसिक महत्वलाई प्रचार प्रसारमा ल्याउन आवश्यक रहेको उहाँले बताउनुभयो । बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले नगरको आर्थिक समृद्धि यहाँको पर्यटन विकास विना सम्भव नभएको बताउनुभयो ।

नगरभित्रका धार्मिक तथा ऐतिहासिक स्थल, सांस्कृतिक सम्पदाहरुलाई पर्यटन संग नजोडे सम्म नगरको आन्तरिक आम्दानीमा वृद्धि नहुने भन्दै उपप्रमुख लामिछानेले यस्ता ऐतिहासिक स्थलहरुको उजागर गरि पर्यटन प्रवर्धनका लागि नगरपालिकाले विभिन्न योजना बनाएर अघि वढ्ने बताउनुभयो ।

कार्यक्रममा महारानी क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष प्रकाश कुमार श्रेष्ठ, पूर्व अध्यक्ष अमृतदेवि बानियाँ, मालपोत अधिकृत साधानाकुमारी श्रेष्ठ लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । समितिका अध्यक्ष लक्ष्मी जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । शक्तिको स्वरुपको आधारमा मनोकाँक्षा पुराहुने जनविश्वासका साथ पुजाआजा हुने महारानीथान जिल्लाको महत्वपूर्ण ऐतिहासिक, धार्मिक पर्यटकीय स्थलको रुपमा परिचित छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...